Logo

ट्याटु बनाएकोले विवाह नहुँदा आमा बुबा चिन्तामा



मानिसको आ–आफ्नो सोख हुन्छ । कसैको सोखले भलाई पनि गर्छ भने कसैको त्यहि सोखले हानी पनि पु¥याउछ । त्यस्तै भएको एक परिवारमा । छोरीको शरीर भरी ट्याटु बनाउने इच्छा आमा बाबुलाई हैरानी भएको छ । हाल ट्याटु बनाउने युवाहरुमा फेसन नै बनेको छ ।

कसैले हातमा, कसैले घाटीमा त कसैले खुट्टामा ट्याटु खोपेर स्टाइलिस्ट भएको त देखेकै छौ तर एक युवतीले शरीर भरी १०३ ट्याटु खोपेकी छिन् । मुम्बईकी यी युवती कलेजमा अध्ययन गर्दै छिन् । उनको तेजस्वीको शरीरमा कुल १०३ ट्याटु छन् । उनी हाल २१ वर्ष भइन् । उनले १७ वर्षदेखि ट्याटु खोप्न थालेकी थिइन् । युवतीले ४ वर्षमा आफ्नो पुरा शरीर भरी ट्याटु बनाएर एक नयाँ रेकर्ड बनाएकी हुन् ।

यति धेरै ट्याटु बनाउने जो कसैलाई त्यति सजिलो भने थिएन् । तेजस्वीको आमा बुबालाई आफ्नो छोरीले ट्याटु बनाएको मन परेको छैन । उनका अभिभावकहरुले ट्याटु बनाएपछि छोरीको विवाह नहुने डर लागिरहेको छ, तर छोरी तेजस्वीलाई भने त्यतातिर ध्यानै छैन । तेजस्वीले यसलाई आफ्नो प्रोफेशन पनि बनाएकी छिन् । यस पेशाबाट एक ट्याटु आर्टिस्ट पेन्टर र मोडल पनि छन् । उनले भने आफ्नो शरीरमा बनाएको ट्याटुको कुनै न कुनै मतलब हुनेछ र जिन्दगीसँग जोडिने बताउदै आएकी छिन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्