पति पत्नीको सम्बन्ध टुट्नुमा केही कारण हुन्छन् । पश्चिमा देशहरुमा सामान्य कारणले सम्बन्ध बिच्छेद हुनेगरेको तथ्य छ । तर, दक्षिण एशियासहित एशियाका अधिकांश क्षेत्रमा सम्बन्ध बचाउन धेरै प्रयास गर्दा पनि नभएपछि अन्तिम समयमा आएर मात्र विच्छेद गर्छन् । भारतको पटनामा यस्तै एउटा घटना भएको छ ।
एक दम्पतिले कुकुरको कारण सम्बन्ध विच्छेद गर्न पुगेका छन् । पटनाको गान्धी मैदानस्थित प्रहरी चौकीमा एक महिलाले एउटा विषय लिएर सम्बन्ध तोड्न चाहेको बताएकी थिइन् । उनले थानामा आफ्नो पतिले आफुलाई कुकुरको कारण सधै कुटपिट गर्ने गरेको बताएकी थिइन् । उनले भनिन्, ‘जब म कुकुरलाई भगाउन कोशिश गर्छु तब मेरा पतिले मलाई कुटपिट गर्छन् । ’
महिलाले पतिले आफूतिर कहिल्यै ध्यान नदिएको समेत आरोप लगाएकी थिइन् । उनले थानामा कहिलेकाँही आफु बिरामी भएर डाक्टरकोमा पनि पति सँगै जान नमानेको बताइन् । रिसको झोकमा महिलाले ३ पटक त कुकुरको शरीरमा चोट पुग्ने गरी हिर्काइन् र मार्न पनि खोजिन उल्टै पतिले थाहा पाएर उनलाई नै बेस्सरी कुटे । यसरी दिन बित्दै जाँदा त्यहि कुकुरको कारण पतिले पत्नीसँग सम्बन्ध बिच्छेद गर्ने फैसला गरेका छन् ।
प्रहरीले उनीहरुको निजी विषयमा बोलेका छन् । पतिलाई बोलाएर काउन्सेलिङ गराएका थिए । प्रहरीले पनि यस्तो हास्यास्पद विषय भएको र यस्तो समस्या कहिले पनि नआएको बताएको छ । जति सम्झाएपनि पतिले आफ्नो अडान छाडेका थिएनन् तैपनि प्रहरीले दबाब दिएपछि भने पुरुषले सम्झिएर अब आउने दिनमा नपिट्ने सम्झौता गरेका छन् ।-एजेन्सी