Logo

नेशनल मेडिकल कलेजले सरकारको कुरा पनि मानेन : डा. उपाध्याय



वीरगन्जमा संक्रमितहरुको व्यवस्थापन ठूलो चूनौति छ
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पछिल्लो समय पर्सामा कोरोना संक्रमितहरुको संख्या बढेको र उनीहरुको व्यवस्थापन ठूलो चूनौति भएको बताएका छन् । उनले आफूहरुसँग आईसोलेट गरेर राख्ने अस्पताल नभएको पनि समस्या सुनाएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पाँच सय बेड भएको नेश्नल मेडिकल कलेजले सहयोग नगरेको गुनासो पोखे । राज्यले यसबारेमा उपयुक्त कदम चाल्नुपर्ने उनको तर्क छ । प्रस्तुत छ डा. उपाध्यायसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

वीरगञ्जको अवस्था के छ ?

हामीले दैनिक रूपमा धेरै नै कोभिड १९ संक्रमित व्यक्तिहरू देखेका छौँ । उहाँहरूको व्यवस्थापन एउटा ठुलो चुनौती छ । हामीसँग आइसोलेट गरेर राख्ने अस्पताल छैन । अहिलेसम्म हामीले नारायणीमा सञ्चालित ५० बेडको अस्पताल छ । अहिले भर्खर प्राइभेट अस्पतालसँग सम्झौता गरेर हामीले त्यहाँ विरामी आइसोलेट गरेर राखेका छौँ जसमा १०० बेड छ र ३० आइ.सी.यु छ । यति १५० बेडको अस्पतालबाहेक हामीसँग आइसोलेट गरेर राख्ने ठाउँ नभएको हुनाले उहाँहरू अहिले होम आइसोलेसनमा नै हुनुहुन्छ । अहिलेसम्म व्यवस्थापन गर्न नसकेको एउटा ठुलो पाटो भनेको आइसोलेसन सेन्टर नै हो ।

मेडिकल कलेजको कुरा गर्दाखेरि त्यहाँ धेरै छन् । मेडिकल कलेजहरूमा तपाईहरूले उपचार गराउन सक्नुहुन्न ?

नेशनल मेडिकल कलेज यहाँ सबैभन्दा बढी बेड भएको अस्पताल हो । हामीलाई चाहिने ५०० बेडको अस्पताल हामीले त्यहाँ बनाउन सक्यौँ भने हामीलाई धेरै राहत पनि हुन्छ । हिजोमात्र निर्णय भएर नेशनल मेडिकल कलेजसँग पहल गर्ने भन्ने कुरा भएको छ ।

कोभिडको लागि यस अवस्थामा सबै अस्पताल तयार हुनुपर्छ कि पर्दैन ? त्यो दायित्व हो कि होइन ?

प्रदेश नम्बर २ मा अहिले के देखिएको छ भने अहिलेको यो महामारीसँग लड्ने अथवा अस्पताल व्यवस्थापन गर्ने काममा सरकारका संरक्षणमा रहेका संस्थानहरू मात्र हुनुपर्ने देखिएको छ । मेडिकल कलेजसँग संवाद, सहकार्य नभएको होइन, पटकपटक कुरा भएको हो तर ऊ त्यो अस्पताल दिन तयार छैन । अहिलेपनि अन्तिम अवस्थामा सबै कुरा फेल भईसकेपछि म गर्ने छँदैछु भन्ने किसिमको कुरा गर्छ । त्यसलाई सायद केन्द्रबाट पनि नसकिएको भान हामीलाई भएको छ । स्थानीय तहबाट हामीले त्यसलाई कोभिडको लागि तयार गर्न सकेनौँ ।

त्यसो भए नेशनल मेडिकल कलेजले सरकारको कुरा पनि मानेन ?

अहिलेको अवस्थामा त्यो भन्न एकदम सहज र सरल पनि हुन्छ ।

तर सरकारको निर्देशन नमान्ने अस्पताल त कारबाहीमा पर्छ नि त ?

त्यो सम्बन्धित निकायले गर्नुप¥यो । राज्यले कारबाही पनि अगाडि बढाउनुप¥यो । उसलाई त्यो किसिमले कोभिडको विरुद्ध लड्न तयार पनि पार्नुप¥यो । त्यो त राज्यको दायित्व पनि हो ।

निषेधाज्ञा जारी गरेर मात्र समस्याको समाधान हुन्छ कि अन्य विकल्प पनि खोज्नुपर्छ । के भन्नुहुन्छ ?

लकडाउनले मात्र समस्याको समाधान हुने होइन । कहिलेसम्म लकडाउन गर्ने ? कहिलेसम्म निषेधाज्ञा जारी गर्ने ? निषेधाज्ञा सँगसँगै परीक्षणको दायरा पनि बढाउन सक्यौँ भने हामीले यसलाई नियन्त्रण गर्न सक्छौँ । त्यसपछि यो रोग पनि कम हुन्छ र महामारी पनि नियन्त्रण हुन्छ । बन्द मात्र गरेर समस्याको समाधान होइन ।

परीक्षण गर्नका लागि कति सामग्री हामीलाई चाहिएला ?

अहिले हामीले परीक्षण नगरेका होइनौँ, परीक्षण गरिरहेका छौँ ।

होइन तीव्र गतिमा भएन नि ? जसरी हुनुपथ्र्यो भएन ?

हामीले महानगरपालिका र पालिकाहरूमा पनि हजारौँको संख्यामा गर्न सक्नुपर्छ । यसमा हामीले केही नभए पनि दिनमा १००० नमुनाहरू कलेक्सन गरेर धेरै ठाउँमा गर्न सक्यौँ भने पर्सा र वीरगञ्जको अवस्था हामीले पत्ता पनि लगाउन सक्छौँ । अहिले हामीले गरेको टेस्ट भनेको पोजिटिभ केशहरू हो । त्यसकारण यसले पक्कै पनि पुगेको छैन । दैनिक रूपमा हजार पन्ध्रसय नमुनाहरू लिन सक्यौँ भने सायद हामीले थाहा पाउन सक्छौँ कि वीरगञ्ज र पर्साको अवस्था के कस्तो छ ।

भेन्टिलेटर छैन तपाईहरूलाई ?

हामीसँग भेन्टिलेटर वीरगञ्ज हेल्थ केयरमा ८ ओटा र ३ ओटा गण्डकी अस्पतालमा गरेर ११ ओटा भेन्टिलेटर छ । भेन्टिलेटरमात्र भएर पुग्ने होइन, त्यो सँगसँगै क्रिटिकल एक्सपर्ट पनि हामीसँग हुनुहुन्न । हामीसँग १ जना हुनुहुन्थ्यो अस्पतालमा, उहाँ पनि कोभिड पोजिटिभ भएर आइसोलेट भएर बस्नुभएको छ । कुनै एक व्यक्तिले मात्र गर्दाखेरि हामी यो अवस्थामा आइपुगेका होइनौँ ।

त्यसो भए पूर्वतयारीको कमी कमजोरीको कारणले गर्दाखेरि वीरगञ्जमा संक्रमण फैलियो ?

अहिलेको हाम्रो भाइरल ट्रान्समिशन छ, जुन संक्रमण छ, यो अहिले पहिलेको भन्दा भिन्न रूपले देखिएको हुनाले हामीले यसमा अध्ययन अनुसन्धान पनि गर्न सकेका छैनौँ । यो अनुसन्धानकै विषय हो । त्यो पाटो पनि अलिकति कमजोर छ, हामीले केही त्यसमा केही गर्नै सकिरहेका छैनौँ ।

कोरोनाको महामारीबाट वीरगञ्जलाई बचाउनको लागि कसले कहाँबाट के गर्नुपर्छ ?

यसमा हामी सबैको जिम्मा छ । पहिलो कुरा त नागरिक पनि सचेत भईदिनुप¥यो । अनावश्यक रूपमा बाहिर निस्कनु भएन । नागरिकले आफ्नो जिम्मेवारी बहन गर्नुप¥यो । सबै सरकारले आइसोलेसन सेन्टरहरू बनाउने र अस्पतालहरूलाई वेल इक्वीप्ड बनाउने, आइ.सी.यु को संख्या थप्ने कामको जिम्मा लिनुप¥यो । यसमा स्थानीय निकाय, मेयर लगायत आइसोलेट गरेर बसेको अवस्था भएकोले त्यहाँ मानव स्रोतको कमी छ । त्यसकारणले सबैले आफ्नो जिम्मेवारी पूरा ग¥यो भने यो महामारीसँग लड्न त्यति गा¥हो पनि छैन ।

चिकित्सकहरूले काम गर्न पाएका छन् त्यहाँ ? कुनै बाधा अबरोध छ कि छैन ?

छैन । चिकित्सकहरूलाई काम गर्न केही अबरोध छैन । तर एउटा त्रास के छ भने जुन किसिमले विरामीहरू बढ्दै गए, हर जोरका विरामीहरूलाई हामीले कोभिडको रूपमा हेर्नुपरेको छ । अस्पताललाई बेड अपुग भएको हुनाले त्यो त्रासको बीचमा काम गर्नुपर्ने अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्