Logo

सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक



काठमाडौँ, २७ साउन। सरकारले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको सङ्गठन ‘नगरपालिका मेयर फोरमले गरेको आग्रहमा सरकारले यस्तो निर्णय गरेको हो । त्यस्तै भदौ १ गतेदेखि सञ्चालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताउनु भएको छ ।

कलकारखाना, उद्योग, निर्बाध रुपमा सञ्चालन भई मजदुरहरूको दैनिक आवतजावत बढेकाले सङ्क्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाइ गर्ने निर्णय गरेको छ । साथै, उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाइ गर्ने निर्णय गरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्