Logo

‘पशुपतिबाट भारतीय भट्ट हटाउनुपर्छ’ भन्दा मलाई ज्यान मार्ने धम्की आयो– धार्मिक अभियन्ता विश्व भक्त भुमी



काठमाडौँ, २९ साउन । धार्मिक अभियन्ता विश्व भक्त भुमीलाई ज्यान मार्ने धम्की दिइएको छ । आफूलाई सामाजिक सञ्जालमार्फत् धम्की आएको भन्दै उनले तत्काल सुरक्षा प्रदान गरी छानविन समेत गर्न माग गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विश्वभक्त भुमीले पशुपतिबाट भारतीय भट्ट हटाउने माग रोखपछि ज्यान मार्ने धम्की आएको बताएका हुन् । उनले उक्त विषयमा सरकारलाई गम्भीर भई सम्पूर्ण बाबाहरुको रक्षाका निम्ति सरकारलाई ठोस कदम चाल्न आवश्यक रहेको समेत बताए । ‘पशुपतिबाट भट्टा हटाउनुपर्ने माग राखेपछि धम्की आउन थालेको छ,’ भूमीले भने, ‘मलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की आएको छ ।’

विश्वभक्त भुमीले भारतीय पत्रकारहरुले आफ्नो भिडियामा पशुपतिको मूल तस्बिर खिचेर प्रसारण गरेकोमा उनले आपत्ती व्यक्त गरेका छन् । नेपालका पत्रकारले मूल तस्बिर खिच्न नपाउने तर बाहिरी देशका पत्रकारहरुले हाम्रो मूल मान्यता रहेको पशुपतिमा गई तस्बिर खिचेको भन्दै आपत्ती जनाएका हुन् । उनले भने, ‘हाम्रो देशभित्र बाहिरी हस्तक्षेप भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराउँछु ।’ यस विषयमा सरकार गम्भीर रुपमा प्रस्तुत हुनुपर्नेमा उनको जोड थियो । पशुपति परिसर भित्र सम्पूर्ण बाबाहरुले खुलस्त रुपमा आफ्नो पूजा पाठ गर्न पाउने प्रति समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्