काठमाडौँ, ३० साउन । रााष्ट्रिय र बहुराष्ट्रिय पक्षका विवाद नेपालबाट समाधान गर्ने गरी बिदेशी लगानी नेपाल ल्याउन र नेपालका विवाद समाधानमा महंगो खर्च व्यहोरेर बिदेशमा रहेका संस्था र बिषेशज्ञको सेवा खरिद गर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले (एपक्याम) नामक सस्था स्थापना गरिएको छ ।बिदेशी मुद्रा संचितीमा समेत मुलुकलाई र बिवाद समाधानमा उद्योग बाणिज्य क्षेत्रलाई मद्दत गर्ने सहयोगीका रुपमा भुमिका निर्वाहा गर्ने एसिया प्यासिफिक सेन्टर फर आर्विटेशन एण्ड मेडिएसन (एपक्याम) नामक सस्था स्थापना भएको हो ।
विवाद शान्ति, समृद्धि र विकासको बाधक भएकाले समाज रुपान्तरण र विकासका लागि सक्रिय एसिया प्रशान्त क्षेत्रका बिभिन्न ८ संस्थाहरुद्वारा स्थापित एपक्याम्प नेपालमा पनि बिस्तार गरिएको संस्थाका महासचिव तथा बरिष्ठ अधिबक्ता मातृका प्रसाद निरौलाले जानकारी दिए ।
हाल नेपालमा नेपाल इन्टरनेशनल एडिआर सेन्टर, इण्डियन इन्स्टिच्युट अफ आर्विटेशन एण्ड मिडिएशन, मलेसियन मिडिएशन सेन्टर, इण्डोनेसिया मिडिएशन सेन्टर, हङ्गकङ इन्टरनेशनल मिडिएशन, हङकङ इन्स्टिच्युट अफ आर्विटेटर्स, थायल्याण्ड आर्विटेशन सन्टर, अष्ट्रेलियन डिस्प्युट रेजोलुसन सेन्टरलगायतका संस्थाहरु आबद्ध भई संयुक्त सेवा शुरु गरेका छन् ।
नेपालका तर्फबाट एपक्यामका बोर्ड सदस्य तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टरको महासचिव बरिष्ठ अधिबक्ता मातृका निरौला, अन्य संस्थाका तर्फबाट अनिल जेभियर, डा. फ्रेसिस ल, दातुक कुतुबल जमान, फामी साहेव, सिल्भिया सिविङ, पसित अस्वातानापूर्ण, डेकी लोगोनेज लगाएत छन् ।
संस्थाको साउन २२ गते बिभिन्न मुलुकका न्यायिक क्षेत्रका बिशिष्ट व्यक्तित्वद्वारा संयुक्त रुपमा एपक्यामकोे समुद्घाटन गरिएको हो । बिश्वब्यापी रुपमा प्रशारण भएको अनलाइन तथा अफलाइन कार्यक्रममा नेपालका तर्फबाट पूर्व प्रधान न्यायाधीश, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्धघाटन गरेका हुन् ।
सो अवसरमा बरिष्ठ अधिबक्ता निरौलाले एपक्याम्प संस्थापनाको चार्टडमा दस्तखत गरेका थिए । भारतको नयां दिल्लीबाट प्रशारण भएको सो कार्यक्रम नेपाल, मलेसिया, हङ्गकङ, इण्डोनेसिया अस्ट्रेलिया ताइवान लगायतबाट संबोधन गरिएको थियो ।
‘विवाद समाधानको शुलभ अवसर जुटाउनु मुलुकको जिम्वेवारी मात्र होइन बिदेशी लागनी र बिश्वास आर्जन गर्ने अपरिहार्य माध्यम हो’ – वरिष्ठ अधिवक्ता निरौलाले भने ।
नेपालमा केही ब्यवसायीहरुको पहलमा खास गरी मध्यस्थ र मेलमिलाप मा आधारित सेवा, त्यसै बिषयमा थप अध्ययन, अनुसन्धान र थप सुधार गर्दै जाने उद्देश्यले ८ बर्ष अघि नेपाल इन्टरनेशनल एडिआर सेन्टर (एआएसी) को स्थापना भई केही काम हुँदै आएको थियो ।
एसिया प्यासिफिक क्षेत्रका बिभिन्न मुलुकहरुमा यस्तै बिषयमा काम गर्ने संस्थाहरु मिलेर प्रभावकारी संजाल खडा गरी बहुराष्ट्रिय पक्षहरु बीचमा खडा भएका ब्यापारिक तथा साम्पतिक विवादमा उक्त नेटवर्क मार्फत विवाद समाधानको सेवा दिने काम शुरु भएको बताइएको छ ।-दृष्टिबाट