Logo

लकडाउन फिर्ता लिनेवित्तिकै कोरोना जितियो भन्ने ठानियो : डा. दास (भिडिओसहित)



काठमाडौं, ३१ साउन । डा. सन्त कुमार दासले कोरोना संक्रमण बढ्छ भनेर आफूहरुले यसअघि नै अनुमान गरेको र अहिले त्यही भैरहेको स्पष्ट पारेका छन् । उनले लकडाउन खुकुलो बनाउँदा सरकारले वैज्ञानिक विधि नअपनाएको पनि गुनासो पोखे । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । जनताले लकडाउन नै सकिएको हो कि भन्नेगरि व्यवहार गरेको उनको भनाई छ । उनले देशभरि २० प्रतिशत जनताले पनि राम्रोसँग मास्क नलगाएको टिप्पणी गरे ।

प्रस्तुत छ कुराकानीको भिडिओ:



प्रतिक्रिया दिनुहोस्

Screenshot