Logo

रुसी जनताले छानी छानी कोरोना भ्याक्सिन लगाउन पाउने, अरु देशकाको हालत के होला



एजेन्सी, ३१ साउन । रुसले विकास गरेको कोरोना भाइरसविरुद्वको भ्याक्सिन धमाधम प्रयोगमा आउँदैछ । रुसी कम्पनि गेमिलियाले विकास गरेको भ्याक्सिन अक्टोबरमा प्रयोगमा आउँदैछ । यो शुरुमा सेना, स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि प्रयोग गरिनेछ । त्यसपछि नागरिकलाई लगाइनेछ ।

रुसमा एउटा खोप विकास भइसकेको र अन्य खोप विकासको क्रममा छ । विकास भएका खोपहरु रुसी जनताले रोजी र छाडी पाउनेछन् । रुसी समाचार संस्था तासका अनुसार नागरिकले चाहेअनुसार लिन सक्ने व्यवस्था भइरहेको छ । उक्त विषयको जानकारी रुसको राजधानी मस्कोका मेयर सर्गेई सोब्यानिनले बिहिबार जानकारी दिएका हुन् ।

उनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘हामी सित स्व उत्पादित खोप छ । यो गर्वको कुरा हो, यसलाई वास्तविक रुपमा प्रयोग गर्ने मौका भेटिएको छ र आगामी महिना भित्र अझ खोपहरु प्रयोगमा ल्याइने छ ।’ कोराना भाइरसविरुद्वको विभिन्न खोपहरु निर्माण भइसकेपछि रुसी नागरिकले आफ्नो इच्छा अनुसार कुन खोप प्रयोग गर्नेबारे निर्णय लिन सक्ने व्यवस्था भइरहेको मस्कोका मेयरले जानकारी गराएका छन् । उनले थपे,‘विश्वले खतरानाक अवस्थाको सामाना गर्नुपरिरहेको छ ।’ मानिससित दूईवटा मात्र विकल्प छ । पहिलो खोप लगाई सुरक्षीत हुने, दास्रो छिटो अथवा ढिलो संक्रमित हुने ।’

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले २५ साउनमा अनुमोदन गरेको खोप सुरक्षित र प्रभावकारी रहेको र ९५ प्रतिशतसम्म साकारात्मकता देखिएको जनाइएको छ । अगामी महिनामा खोपको अभाव हुन सक्ने कारण कसैलाई जबरजस्ती खोप लगाउन अवस्था नरहेको जनाइएको छ । तुरुन्तै चाहेअनुसार उत्पादन नहुने कारण उत्पादनमा जोड दिइने समेत जनाइएको छ । रुस कोरोना भाइरसविरुद्वको खोप निकाल्ने पहिलो देश बनेको छ । रुसद्वारा निर्माण भएको खोप एक पटक प्रयोग गरे दुई वर्षसम्म शरीरमा प्रतिरोधात्मक प्रणालीको विकास गरिरहने जनाइएको छ ।

यसरी रुसी जनताले छानी छानी भ्याक्सिनको प्रयोग गर्न पाउने भएपनि धेरै देशहरुमा सन् २०२१ मा पनि भ्याक्सिन पुग्ने नपुग्ने आशंका छ । अमेरिका, युरोप र चीनले पनि भ्याक्सिन विकास गर्दैछन् । भारतले पनि विकास गर्दैछ । ती देशहरुमा उत्पादन भएमा भने केही आशा गर्न सकिनेछ । नत्र धनी देशहरुले भ्याक्सिन खरिद गर्नेछन् र गरिब मुलुकहरुको पहुँच तत्काल सम्भव नहुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot