Logo

प्रेमपागल युवकद्वारा युवतीमाथि दिल चारेको आरोप



कहिल्यै पनि हामीले सोचेका छैनौ कि प्रहरीको जीवन कस्तो होला ? दिनभर अपराधीसँग कसरी रहन्छन् होला ? प्रहरी स्टेशनमा कुनै न कुनै केस त आइरहन्छ । हत्या, चोरी, डकैती जस्ता केही आपराधिक कार्यको बारेमा सुनेकै छौ । हाल एक युवकले अपराधको सुचीमा एक यस्तो अपराधलाई पनि जोडिदिएका छन् ।

भारतको नागपुरका एक युवकले प्रहरीलाई एक मुद्दा दर्ता गराएका छन्, जुन मुद्दामा उनले युवतीले आफ्नो दिल चोरेको आरोप लगाएका छन् । उनले आफ्नो दिल चोर्ने युवती नभेटेको पनि जानकारी दिएका छन् ।

युवाको कुरा सुनेर सबै प्रहरी आश्चर्यमा परे । प्रहरी कार्यालयमा भएका प्रहरीहरुले कसरी यसको समस्या समाधान गर्ने तर्फ सोच्न बाध्य भए । तर भारतीय कानुनमा प्रेम र दिलको चोर्नेलाई कुनै अपराध नमानेर दण्ड तोकिएको छैन् । हाल भने ती युवालाई प्रहरीले सम्झाएर घर पठाएको जनाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्