जिन्दगीमा बिताउने हो भने बाचुञ्जेलसम्म संघर्षको सामना गर्नुपर्छ । संघर्ष बिना सफलता कसैलाई पनि प्राप्त हुँदैन । केही मानिस जिन्दगीमा आउने दुख झेल्नु भन्दा मृत्यु अपनाउन उत्तम ठान्छन् । जब कोहि व्यक्तिले आत्महत्या गर्छन् तब उसलाई कायर सम्झन्छन् ।
मरेपछि व्यक्तिको बारेमा धेरै प्रकारका कुरा हुन्छन् । मर्ने मानिसको समस्या कसैले पनि बुझ्न सक्दैन । यो कुरा सत्य होकी यस समस्याको समाधान हुँदैन । तर सत्य यो होकी आत्महत्या गर्ने मानिस आफ्नो इच्छा वा शोकले मर्न चाहँदैनन् । मानिस यस्तो व्यवहार गर्न वाध्य हुन्छ ।
यदि डिप्रेशनमा वा दिमागमा नराम्रा कुरा आएमा साइकियाट्रिस्टको सम्र्पकमा जानु पर्छ । जब मानिसको दिमागमा एक केमिकल्स उत्पन्न हुन्छ तब उसले आफ्नो दिमागलाई वसमा पार्न सक्दैन । जब दिमागमा सेरोटोटिनको मात्रा कम हुन्छ तब मानिसको मनमा आत्महत्याबारे कुरा उत्पन्न हुन्छ ।
डिप्रेशन, नेगेटिविटी, सुसाइड गर्ने विचार जब मानिसको दिमागमा आएमा ब्रेनमा सेरोटोनिनको कमी भयो भन्ने थाहा पाउनु पर्छ । मनोचिकित्साले हाम्रो दिमागमा करोडौ सेल्स हुन्छन् र यी मध्येमा केही त्यस्ता प्रकारका केमिकल्स हुन्छन् ।
सेरोटोनिन पनि एक प्रकारको केमिकल्स हो जो दिमागलाई शान्त र खुशी राख्छ । सेरोटोनिनको कमीले व्यक्तिमा नकरात्मक सोच उत्पन्न भएर आत्महत्या गर्नसम्म पुग्छ । यदि आफ्नो मनमा यस्तो कुरा आउँछ छिटने भन्दा छिटो उपचार गराउनु पर्छ ।
बिरामीलाई मनोवैज्ञानिककोमा लगेर समयमै उपचार गर्नुपर्छ किनकी यसको उपचार सम्भव छ । समयमा नै सहि उपचार गरेमा पुरै ठिक भई बाकी जीन्दगी खुलेर बाँच्न सक्छ । एजेन्सी