Logo

सुनको मूल्यमा गिरावट कायमै



काठमाडौँ, १ भदौँ: आज सुनको मूल्य थप घटेको छ । सोमबार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमाा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति अउन्स एक हजार ९४३ डलर रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot