Logo

नशा जस्तै माटो खाने युवतीको यो लत



प्रायः मानिसले आफ्नो बच्चाले माटो खाएको देखेका छौ । तर धेरै महिलाहरुले माटो गज्जबले खाएको देखेका छौ र त्यहि माटो खाने कसैले आदत नै बसेको हुन्छ । माटो खाने आदतको पछाडी क्याल्सियमको कमी सम्झेर सामान्य ठान्छन् । तर यर्थाथमा त्यो नभई कारण अरु नै छ आज हामी त्यसको बारेमा चर्चा गर्छौ ।

महिला वा युवतीले माटो खाने आदतलाई जियोफेगिया नाम दिइएको छ । यो कसैलाई नशा जस्तै हुन्छ । जुन महिला आफैलाई माटो खानबाट रोक्न सक्दैनन् । उनीहरुको अगाडी जिन्दगीमा धेरै गाह्रो हुन्छ । धेरै जसो गर्भवती महिलाहरु यसको शिकार बन्छन् ।

धेरै मानिसहरुले माटो खानु क्याल्सियमको कमीले गर्दा भनेपनि यो बिरामी आइरनको कमीले हुने गर्छ । जसले माटो पटक–पटक खाने गर्छ उसको पेटमा केही खालका समस्या हुने गर्छ ।

माटो खाने थाल्नुको कारण पेटमा पत्थरी हुन लाग्नुको पनि एक संकेत हो । धेरै खादैँ जादाँ माटो खाने लत लाग्न सक्छ त्यसकारण तुरुन्त उपचार गर्नुपर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्