Logo

गोरो बच्चा जन्मदा सजाय भोग्नुपर्ने जाति



विश्वका धेरै स्थानमा राम्रो र स्वस्थ्य बच्चाको जन्म होस् भनेर गर्भवती महिलाको धेरै हेरचाह गर्ने चलन छ । कतिपय समुदायमा गोरो वर्णको बच्चा होस् भन्ने चाहना हुन्छ । तर, यस्ता समुदाय पनि छन् जहाँ घरमा कालो बच्चा जन्मिएमा खुशी र गोरो बच्चा जन्मिएमा सजाय दिइन्छ । गर्भवती अवस्थामा कालो बच्चाको जन्म होस् भनेर जारवा जनजातिले जनावरको रगत खुवाउने गर्छन् ।

कालो रंगको बच्चा जन्मिएमा यो जनजातिसँग घुलमिल हुनसक्ने भन्दै काला रंगको बच्चा जन्माउन उत्प्रेरित गरिन्छ । यो आश्र्चय लाग्दो परम्परा भएको समुदायमा गोरो बच्चा जन्माएमा तुरुन्त मार्ने चलन छ । सबै कालो रंगका मानिसहरु मात्र भएको समुदायमा गोरो बच्चा जन्मिएमा आफैले आफैलाई फरक महसुस गर्ने भएकोले त्यहाँका जनजातिले कालो बच्चा चाहन्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्