कुनै घर पालुवा जनावर चोरी भएमा तीनको खोजीमा प्रहरीले रात दिन लगाएर खोजेको त सुनेकै छौ । तर एक सामान्य सुगाको कारण प्रहरीको रातभरीको निन्द्रा उडेको छ । यो घटना भारतको हरिद्धारको हो । जहाँ दुई पक्षबीच एक सुगालाई लिएर झडप भएको छ । उनीहरुको झडप कम गर्न प्रहरीले सुगालाई नियन्त्रणमा लिएर रातभर उसको निगरानीमा समय खर्चिनु परेको छ ।
एक जानकारीको अनुसार दूई पक्षबीचमा सुगाको मालिक्नीको हकको विषयमा विवाद भएको थियो । उनीहरुको झडप नरोकिएपछि प्रहरीलाई बोलाउन परेको थियो । वास्तवमा सुगा डेढ वर्ष पहिले अचानक उडेर हराएको थियो । तर दुई दिन अघि मात्र उक्त सुगा छिमेकीको घरमा देखियो । दुवै पक्षबीच सुगा आफ्नो हो भन्दै झडप सुरु भएको थियो । झडपले नियन्त्रणमा आएपछि प्रहरीले सुगालाई नियन्त्रणमा लिएर प्रहरी थानामा लगेको हो । प्रहरीले दुवै पक्षलाई सहमती गराएर सुगालाई वन विभागमा बुझाइदिएको छ । एजेन्सी