Logo

चन्द्रयान २ को एक वर्ष, अझै सात वर्ष चन्द्रमालाई निरन्तर परिक्रमा



एजेन्सी, ७ भदौ । भारतद्वारा निर्मित चन्द्रयान २ ले चन्द्रमाको कक्षमा आफ्नो एक वर्ष पूरा गरेको छ । चन्द्रयान २ ले बिहिबार एक वर्ष पूरा गरेको इस्रोले जानकारी गराएको हो । चन्द्रयानमा जडित सामाग्रीहरु सकुशल र सुरक्षीत रही आफ्नो कार्य गरिरहेको जनाइएको छ । अझै सात वर्ष चन्द्रमालाई परिक्रमा गर्ने ऊर्जा रहेको उल्लेख छ ।

‘चन्द्रयान २’ ले चन्द्रमाको कक्षमा करिब सात वर्षसम्म निरिक्षण गर्ने गरी इन्धनसमेत बोकेको इस्रोले जनाएको छ । चन्द्रयान २ ले आफ्नो यात्राको सुरुवात सन् २०१९, २२ जुलाईमा गरेको थियो भने चन्द्र कक्षमा अगस्त २० मा पुगेको थियो । चन्द्रयानको अवतरण सफलता पूर्वक नरहेपनि त्यस रोभरसंग जडान गरिएको अन्य आठ सामाग्रीहरु सफलतापूर्वक कक्षमा अवतरण भएको थियो ।

विज्ञका अनुसार उक्त स्पेसक्राफ्ट सुरक्षीत रही कार्य गरीरहेको जनाएका छन् । भारतले चन्द्रमाको दक्षिण ध्रुवमा रोभरलाई अवतरण गराउने यो पहिलो प्रयास हो । चन्द्रयानले कैद गरेको तस्विर र केही डाटाहरुलाई इस्रोले डाउनलोड गरिसकेको इस्रोको मुख्यालयले जनाएको छ । चन्द्रयान २ ले अगामी दिनमा चन्द्रमा पूर्ण रुपमा अवलोकन गर्ने जनाइएको छ । यानले विभिन्न खनिज, उपलब्ध पदार्थ, वातावरण र चन्द्रमाको विकासमा निरिक्षण गर्ने योजना इस्रोको रहेकोे छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot