Logo

नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा सुरू



काठमाडौं, ८ भदौ । कारोना संक्रमण (कोभिड-१९) को जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुश गर्दै ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालले पनि पिसिआर टेष्ट सेवा शुरु गरेको छ ।

विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढिको स्याम्पल संकलन गरी रिपोर्ट दिनसक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालले जानकारी गराएका छन् ।

विगत केही महिना देखिको प्रयास पश्चात् सफल रुपमा जडित पिसिआर टेष्ट मेसिन र टेष्ट प्रक्रियालाई नेपाल सरकारद्वारा मान्यता प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ । पिसिआर टेष्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न अनुरोध गरिएको छ जसका लागि ०१–४२१७७६६ मा सम्पर्क गर्न सकिने पनि अस्पतालले जनाएको छ ।

स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.अर्यालले बताए । उनले ओपिडीमार्फत आउने र भर्ना भएका बिरामीका लागी पिसिआर टेष्ट गर्ने संयन्त्र फरक रहेको पनि उल्लेख गरेका छन् ।

साथै, विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर टेष्ट गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot