जनवरीमा लाग्ने कुम्भ मेला हिन्दु धर्मको अनुयायीहरुको आस्थासँग जोडिएको छ । कुम्भ मेलामा स्नान गर्नको लागि बिभिन्न देशहरुबाट श्रद्धालुहरु आउने गर्छन् । कुम्भ मेलामा नागा साधुहरु आकर्षणको केन्द्र बन्छन् । नागा साधुहरु यो दुनियामा नै सबैभन्दा धेरै रहस्यमयी हुन्छन् । उनीहरुको बारेमा कसैलाई केहि थाहा हुँदैन । विशेष गरेर महिला साधुहरुको बारेमा खासै थाहा हुँदैन । आज हामी महिला नागा साधुहरुको बारेमा जोडिएका केहि रोचक जानकारी तपाइँहरुलाई बताउन चाहान्छौ ।
नागा साधु बन्न भन्दा पहिले ६ वर्षदेखि १२ वर्षसम्म कठिन ब्रम्हचार्यको पालना गर्छन् । यसपछि यदि गुरुलाई दिक्षा दिन उपयुक्त लागेमा दिक्षा दिन्छन् । नागा साधु बन्नु भन्दा पहिला आफ्नो पिण्डदान आफै गर्छन । अन्य सामान्य मानिसहरुले जुन कार्य मृत्यु पछाडी गर्छन् । पिण्डदान गरेपछि कुन मठ मन्दिरमा बसेर शिक्षा लिने हो त्यो उनीहरुले छान्न सक्छन् । यसपछि आचार्यले सबैकुरा गर्छन् ।
नागा साधु बन्नु भन्दा पहिले महिलाले कपाल मुन्डन गराएपछि नदीमा नुहाँउछन् । स्नान गरेपछि साधुहरुको सिकाई सुरु हुन्छ । जहाँ साइतमा उठेर पुरै दिन शिवको जप गर्नुपर्छ । दिउसोमा भोजन गरेपछि केहि समयपछि फेरी जप सुरु गर्नुपर्छ ।
जब कोही महिला नागा साधु बन्छन् उनीहरुलाई माताको नामले सम्बोधन गरिन्छ । महिलाहरुले पहेला रंगको कपडा मात्र लगाउछन् । साधु बन्नु भन्दा पहिला नै आफु कुनै समाज र परिवारको कुनै सम्बन्ध छैन भनेर साबित गर्नुपर्छ । एजेन्सी