रुख बिरुवाको विशेष महत्व छ । यी कहिले घातक हुन सक्दैनन् भन्ने मान्यता छ। रुखले हामीलाई अक्सिजन दिन्छ । रुख मानिसको लागि वरदान हो । आयुर्वेदमा पनि रुखलाई औषधीको रुपमा मानिएको छ । रुखको जरा, पात, फुल, बोक्रा सबै औषधी हुन्छन् । हामीले रुखको जति व्याख्या गरेपनि कम हुन्छ ।
आज हामी एक यस्तो आश्चर्य लाग्दो रुखको बारेमा बताउछौ, जसलाई मानिसहरुलाई त्रसित बनाएको छ । सरबेरा ओडोमस नामको यो रुख हेर्नमा जति आकर्षक र सुन्दर छ, त्यति नै खतरनाक पनि छ । मानिसहरुले किङ कोबरा पनि यति धेरै खतरनाक नभएको बताइरहेका छन् ।
सरबेरा ओडोलम पछिल्लो घटनाक्रमले सुसाइड ट्रि को नामले पनि चिनिन थालेको छ । यो रुख एशियाका दक्षिण पुर्व देशहरुमा पाइन्छ । यो रुख जहाँ उम्रन्छ त्यहाँ शान्ती सुरक्षा बढ्ने र मानिसहरुलाई कुनै हानी नपुरयाउने भनिएपनि सधै मानिसहरु त्रसित हुनु परेको छ ।
हरेक एक हप्तामा त्यो रुखबाट कम से कम एकजनाको मुत्यु हुने गर्छ । एक सोधकर्ताको समुहले विषालु रुखहरमा सबैभन्दा विषालु रुख भएको पत्ता लागेको छ । रुख नै विषालु भएकोले त्यो रुखबाट फल्ने फलमा सरबेरीन नामको तत्व पाइन्छ, जुन धेरै विषालु हुन्छ ।
यदि सरबेरीन विषको थोरै मात्र कसैले खाउमा उसको शरीर पोल्न र पिडा हुन सुरु हुन्छ । गल्तीले पनि कसैले सरबेरीनको सेवन गरेमा व्यक्तिहरु वान्ता गर्ने, धड्कन बढ्ने र पखाला जस्ता बिरामी हुने र केहि समयपछि मुत्यु हुने गरेको छ । यसले मुत्यु हुने इन्जेक्सनको काम गरेको हुन्छ । सबैभन्दा गाह्रो कुरा त शरीरमा यो गएको छ छैन भन्ने पत्ता लगाउन नै डाक्टरहरुलाई धेरै मुस्किल हुन्छ । एजेन्सी