Logo

उच्च ज्वरो देखिएका चार जनाको मृत्यु, आरडिटी परीक्षण नेगेटिभ



कञ्चनपुर, भदौ ११ । कञ्चनपुरमा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको छ। जिल्लाको माहाकाली नगरपालिकामा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको हो।

फरकफरक मितिमा उनीहरुको मृत्यु भएको भएको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। स्वास्थ्य केन्द्रका डाक्टर गगन चौधरीले उनीहरुमा १०४ डिग्री भन्दा बढि ज्वरो देखिएको बताए।

मृतकमा ज्वरो बाहेकको अन्य कोरोनासंग मिल्दो लक्षण देखिएको छैन् । आरडिटी परीक्षणमा भने कसैमा पनि संक्रमण देखिएको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot