विश्वमा एकैदिन नै अपराधका घटना धेरै हुने गर्छन् । अहिलेका मानिसहरु सानो सानो कुरामा पनि आवेगमा आउँदा कुनै पनि ठुला घटना घट्न सक्छन् । अमेरीकाको पेंसिल्वेनियामा यस्तै एउटा अपराधिक घटना भएको छ । जहाँ एक महिलाले रिसको झोकमा आफ्नै प्रेमीको हत्या गरिदिएकी छिन् । आश्चर्यको कुरा त उनले कुनै हतियारको प्रयोगले प्रेमीको हत्या गरेकी भने होइनन् ।
४४ वर्षीय विन्डी थामसले प्रहरी समक्ष आफ्नो पेटले कीनो बटलरको हत्या गरिदिएको बताएकी छिन् । पेटले हत्या गरेको सुन्ने प्रहरी पनि अचम्मा परेको छ । खासमा उनले आफ्नो प्रेमीको गलामा पेट राखिदिएकोले उनले सास फेर्न नपाएकोले उनको ज्यान गएको हो ।
वास्तवमा यी महिला मोटोपनको सिकार हुँदै आएकी छिन् । हाल उनको तौल १३३ किलो रहेको छ । ति महिलामाथि आफुलाई दोषबाट बच्न आफु मोटोपनको सिकार भएको आरोप लागेको छ ।
उक्त घटनामा अनसन्धान गर्ने प्रहरीले अहिलेसम्मकै जीवनमा यस्तो अजिबको घटना नदेखेको बताएका छन् । तर अदालतमा महिलाले आफुले जानेर नभई अन्जानमा घटना हुन पुगेको बताएकी थिइन् । र आफु रक्सीको नशामा भएकोले अचानक प्रेमीको शरीरमाथि पुगेको र उनको मृत्यु भएको पनि जानकारी दिएकी छिन् । तर अदालतले भने उनको बयानलाई अस्विकार गरेको छ । उनलाई १८ वर्षको जेल सजाय तोकिएको छ । एजेन्सी