Logo

भोकै राखेको कुकुरले मानिसलाई खान खोजेपछि



सामान्यतया कुकुरलाई मानिसको सबैभन्दा राम्रो मित्र मानिएको छ र वफादार पनि । तर कहिलेकाँही यहि वफादार कुकुर पनि मानिसका हत्यारा भइदिन्छन् । कुकुरसँग जति नजिक भएर माया गर्छौ त्यति नै सचेत र डराउनु पनि पर्छ । यस्तै एक घटना इग्ल्यान्डमा भएको छ । जहाँ कुकुरले डरलाग्दो घटना घटाएको छ ।

कुकुरको मालिक्नीहरुको नाम हेली सले र डैला वुुड्स हो । इग्ल्यान्डमा बुल मास्टिफ कुकुरले ७९ वर्षका एक बृद्धको हत्या गरेको छ । आश्चर्यको डरलाग्दो यो काम कुकुरले आफ्ना २ मालिक्नीको अगाडी गरेको थियो । उनीहरुले चाहेको भए रोक्न सक्थे भन्दै यी दुई महिलामाथि मानिसहरुले गम्भीर आरोप लगाएका छन् । प्रहरीले छानबिन गरेपछि २ महिलालाई जेलमा थुनिएको छ ।

वास्तवमा २ महिलाले ४५ घन्टाबाट कुकुरलाई गर्मीको समयमा केही खान र पिउनको लागि पानी दिएका थिएनन् । र कुकुरलाई घरको आँगनमा छोडिदिएका थिए । भोकले छटपटाएको कुकुरलाई छिमेकीको घरबाट खानाको वास्ना आयो । छिमेकीको भान्छा कोठाको ढोका खुलै भएकोले गयो र हमला गरेर क्लार्कलाई खायो ।

यो घटनाको जानकारी प्रहरीले समयमै पाएकोले प्रहरी आएर घाइते व्यक्तिलाई बचाउन लागे । तर कुकुर धेरै आक्रामक भएकोले प्रहरीमाथि पनि हमला गरेको थियो । आफूलाई नै बचाउनको लागि प्रहरीले गोली चलाउन पर्र्यो । ती महिलाहरुले आफूहरु घरमा नभएको प्रहरीलाई झुठो बयान दिएका छन् ।

कुकुरलाई २ दिनसम् मभोक भोकै राखेर यो स्थितिसम्म राख्ने मालिक्नीको ठुलो गल्ती हो । उनीहरुमाथि सिधै हत्याराको मुद्दा लगाउनु पर्ने जानकारहरुले बताएका छन् । पछि महिलाहरुलाई भने जेलमा राखिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot