Logo

जिब्रोले निधार छुने नेपालकै यी पुरुष



के कहिल्यै आफ्नो जिब्रोले नाक छुने कोशिश गर्नुभएको छ । हामी मध्ये धेरैले जीवनको एकपटक त पक्कै पनि कोशिश गरैकै छौ । आज हामी एक यस्ता व्यक्तिको बारेमा चर्चा गर्न जादैछौं जसले जिब्रोले नाक मात्र नभएर निधार छुने गर्छन् ।

नेपालकै मोरङ जिल्लाको उर्लाबारीका योग्य बहादुर कटुवाल जिब्रोले निधार छुने विश्वकै पहिलो व्यक्ति हुन् । योग्य बहादुर पेशाले सवारी चालक हुन् । उनले बस चलाएर नै जीवनको गुजारा चलाउदै आएका छन् । उनी विश्व किर्तिमानी रेकर्ड राख्न चाहान्छन् । योग्यले विश्वकै मानिसहरु मध्ये आफ्नो जिब्रो लामो भएको दाबी गर्दै आएका छन् । उनले आफ्नो जिब्रोले नाक देखि निधार सम्म लैजान सक्छन् ।

३७ वर्षका योग्यले आफुसँग बच्चाहरु डराउने गरेको र कोहि पनि केटाकेटीहरु नजिक नआउने गुनासो गर्छन् । नाकले निधार छुँदा डर लाग्दो देखिने हुनाले बच्चाहरु उनीसँग पर पर हुन्छन् । यो कलाले नै उनी स्टार बनेका छन् । योग्यले जिब्रो निधारमा लैजादा वरिपरि रहेका बुढा पाकाहरुले पनि त्यसो नर्गन आग्रह गर्दै आएका छन् र ज–जसले उनलाई हेर्छन् सबैजना डरले मुख फर्काउने गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot