Logo

महिलाले बहुविवाह गर्दै हिड्ने, पुुरुष ससुराली बस्ने यो जातिको प्रथा



भारतको असम र मेघालयमा बस्दै आएका खासी जनजातिको फरक किसिमको परम्परा छ । खासी जनजातिलाई खासियाको नामले पनि चिनिन्छ । यस जातिमा महिलाहरुलाई उच्च दर्जा दिइन्छ । त्यहाँ छोरीहरु आफ्नै बाबु आमासँग बस्छन् । छोरी नै घरको हर्ताकर्ता हुन्छन् ।

विवाह गरेपछि महिलाले श्रीमान्लाई घर ज्वाईको रुपमा राख्ने गर्छन् । पुरुषहरु श्रीमतीकै घरमा बसोबास गर्छन् । उनीहरुले कमाएको धन दौलत महिलाकै हुन्छ ।

त्यहाँका महिलाहरुले एक मात्र पुरुषसँग नभएर धेरै पुरुषहरुसँग विवाह गर्छन् । त्यहाँका पुरुषहरुले व्यवस्थामा परिर्वतन चाहेका छन् । उनीहरुले महिलाहरुलाई तल पार्ने नभई एक समान अधिकारको हकको माग गर्दै आएका छन् ।

उक्त जनजातिमा परिवारको सबै फैसला महिलाले नै गर्ने गरेका छन् । आश्चर्यको कुरा चाहि घरको सबै सम्पत्ति जेठी छोरीलाई नदिएर कान्छी छोरीलाई दिइन्छ । कान्छी छोरीलाई दिनुको कारण आमा बुबाको हेरचाहको लागि हो । कान्छी छोरीलाई खातडुह भनिन्छ । यो जनजातिमा विवाहको कुनै विधि हुँदैन । केटी र आमा बाबुको सहमति भएमा युवक ससुरालीमा आउन जान सुरु गर्छ । र सन्तान भएमा पुरुष स्थायी रुपमा बस्न थाल्छ । सम्बन्ध बिच्छेद पनि सरलतापुर्वक हुने गर्छ । सन्तानमाथि पिताको कुनै अधिकार हुँदैन ।

करिब १० लाख मानिसहरुको वंश महिलाहरुको आधारमा चलेका छन् । यति सम्म छ कि कुनै परिवारमा छोरी जन्मिएनन् भने अरु कसैको छोरी गोदमा भने पनि लिने र हर्ताकर्ता बन्न चाहान्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot