Logo

१३ वर्षका किशोरको मायामा पागल भएकी ९ बच्चाकी आमा



ब्रिटेनमा बस्ने हेदी हेपवर्थ नाम गरेकी ४५ वर्षकी एक महिला केही दिन यता चर्चामा रहेकी छिन् । हेदी चर्चामा हुनुको कारण हो उनको माया । वास्तवमा ९ सन्तानकी आमा हेदी सामाजिक सञ्जालमा मामान्डु नामका एक व्यक्तिसँग कुरा गर्थिन् ।

दुवैबीच चिनजानी पछि कुराकानी हुँदै जाँदा माया बस्यो । मामान्डु पश्चिमि अफ्रिकी देश गाम्बियाका थिए । दुईजनाबीचको मायाले आफुले जन्माएका ९ जना छोरा छोरी र  पतिलाई छाडेर १३ वर्षका किशोरसँग विवाह गरेकी छिन् । घर, पति र बच्चाहरु छाडेकी हेदीले धर्म पनि परिर्वतन गरेकी छिन् । इस्लाम धर्म मान्ने मामान्डुसँग भागेकी छिन् ।

उनीहरु भागेर मस्जिदमा विवाह गरेका छन् । हेदीले मुस्लिम प्रधान देश ब्रिटेनको तुलनामा महिलाहरुलाई इस्लामीकहरुले धेरै खुशी राख्ने र हेरविचार गर्ने बताएकी छिन् । उनले मस्जिदमा गएर नमाज पढ्न थालेकी छिन् । उनका पुर्व पतिले भने हेदीको दिमाख पखालिएको प्रतिक्रिया दिएका छन् ।

हेदीले १३ वर्षका किशोरले नै आफुलाई रिक््वोस्ट गरेको र विस्तारै विस्तारै माया बढेको प्रतिक्रिया दिएकी छिन् । उनीहरुबीच कुराकानी र च्याटिङ सुरु भएको ३–४ महिनामा उनका पुर्व पति एन्डीसँग हेदीको सम्बन्ध टुटेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot