Logo

घरको खाना हो भन्दै महिलाले तस्वीर सेयर गर्दा…



जहिलेदेखि स्मार्ट फोन बजारमा आयो त्यसबेला देखि सेल्फी खिच्नेको प्रचलन ह्वात्तै बढ्यो । हाल मानिसहरुले आफ्नो जीवन कसरी चलिरहेको छ, हरेक कामको क्षणहरुलाई सम्हालेर राख्न र दुनियाँलाई देखाउन सेल्फी लिने गरेका छन् । तर सेल्फीले कहिलेकाँही राम्रो गरेपनि कहिले भने नराम्रो पनि गराइदिन्छ । कैयौपटक मानिसहरुले सेल्फीकै कारण मुश्किल भोग्नु पर्छ ।

एक महिलाले सेल्फी खिच्दा महँगो परेको छ । उनले लिएको सेल्फीको कारण सामाजिक सञ्जालमा गालीको वर्षा भएको छ । एक महिलाले आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा एक तस्वीर राखेकी थिइन्, त्यो तस्वीर खानाको थियो । उनको त्यो खानाको तस्वीरलाई सामाजिक सञ्जालमा सेयर गर्दै मजाक बनाइरहेका छन् ।

खानाको तस्वीर राखेर उनले क्याप्सन लेखेकी थिइन्, ‘होम मेड ग्रीन थाई करी ।’ उनले आफैले बनाएको खाना भएको बताउन चाहेकी थिइन् । तर फोटो खिच्ने समयमा गरेको एक गल्तीले कुरा बिग्रियो ।

तस्वीरमा भएको प्लेटको साइडमा लेखिएको थियो ‘ग्रीन करी ।’ जसबाट मानिसहरुले थाहा पाएकी यो खाना उनले घरमा नभएर बाहिर बाट अर्डर गरेर ल्याइएको हो । सामाजिक सञ्जालका मानिसहरुले उनको चोरी समातिएको भन्दै सिकार बनाइरहेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्