Logo

पति–पत्नीको झगडा भएमा सम्बन्ध सुध्रने सुत्र



पहिलेको तुलनामा आजकालका मानिसहरु धेरै करियरमा केन्द्रित भएका हुन्छन् । वर्तमान समयमा पति–पत्नीले नै बाहिर काम गर्ने भएकोले दुवैजना आ–आफ्नो काममा व्यस्त हुन्छन् । आफू आफूमा मस्त र व्यस्त हुन्छन् । उनीहरुको सम्बन्धले विस्तारै विस्तारै दुरी बढाउन थाल्छ ।

मतभेद बढ्दै जान्छ । हरेक शब्द शब्दमा झगडा पर्न थाल्छ र वैवाहिक सम्बन्धको मिठास सकिदै जान्छ । अन्तमा सम्बन्ध नै टुट्छ । अलग अलग बस्न थाल्छन् । यो हाल आम मानिसहरुको समस्या भएको छ । आज हामी यो समस्यालाई दुर गर्ने र पति–पत्नीबीच प्रेम बढ्ने बारेमा चर्चा गर्छौ ।

वैवाहिक जीवनमा आएका दुखलाई कम गर्न सुत्ने ओछ्यानमाथि राधा–कृष्णको फोटो राख्नाले लाभ प्राप्त हुन्छ । राधा–कृष्णको एक सुन्दर तस्वीर बेडरुममा टाँस्नु पर्छ । तस्वीर राख्दा बिहान बेलुका पति–पत्नीको आँखा पर्छ । सकेसम्म त रातोरंगको फ्रेममा राख्नुपर्छ । रातो रंग प्रेमको प्रतिक भएकोले रातो फ्रेमले दुई गुना बढि लाभ प्राप्त हुन्छ । कृष्णको साथमा अन्य कुनै गोपिनी भएको तस्वीर राख्नु चाँही हुँदैन ।

राधा–कृष्णको प्रेम निस्वार्थ प्रेमको प्रतिक मानिन्छ । पति र पत्नी दुवै एक अर्कालाई यसरी माया गरेमा उनीहरुका सबै समस्या टाढा हुँदै जान्छन् र जिन्दगी भर एक अर्काको साथ प्राप्त हुनेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्