Logo

जागिरको लागि बाबु छोराले यस्तो गरे



आश्चर्यका लाग्दा घटनाहरु दिनहुँ हुने गर्छन् । कसैले फाइदाको लागि गरेका हुन्छन भने कुनै घटना आफै हुन्छन् । भारतको बिहारको विजयपुर प्रहरी चौकीमा पिताको उमेर आफ्नो छोराको भन्दा पनि सानो भएको आश्चर्य लाग्दो कुरा बाहिर आएको छ ।

यो कुराको जानकारी पिताले चौकीदारको जागिरको लागि आवेदन दिदाँ मात्र बाहिर आएको हो । आवेदनबाट पिताले छोराले भन्दा एक वर्ष पछाडी २०१७ मा हाइस्कुलको परिक्षा दिएको पत्ता लागेको छ ।

कुरा बाहिर आएपछि उनका प्रतिस्पर्धीहरुले उनको विरोध गर्दै आफैलाई जागिरको दावेदार बताउन थाले । यो विषयको विवाद हुँदै जाँदा प्रहरीको बाट न्यायालयसम्म पुग्यो । एक जानकारीनुसार मिश्र गाउँ निवासी विजयपुर प्रहरी चौकीमा चौकीदारको रुपमा जागिर खाँदै आएका थिए । जागिर खाने क्रममा उनको निधन भएको थियो ।

पिताको निधनपछि छोराहरुबीचमा जागिरको विषयमा विवाद सुरु भयो र छोराहरु मध्ये एक छोरा रमेश गोंडले आफ्नो उमेर घटाएर उत्तर प्रदेशको बोर्डबाट हाइस्कुलको परिक्षा दिए । जसमा उनको उमेर घटाएर १० जुलाई २००१ बनाइएको थियो । तर सत्य बाहिर आउने डरले रमेश गोेडले आफ्नो नामको स्थानमा छोरा सोनु कुमार गोंडको नाम दरखास्त फारममा राखेर आवेदन दिएका थिए । उक्त आवेदनमा छोराको उमेर १९९८ राखिएको छ । उनको यो हिसाबले उनको उमेर छोराको भन्दा ३ वर्षले कम हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्