Logo

यो ठाउँमा जुत्ता चप्पल लगाउँदा सजाय



बिना चप्पल जुत्ता कोही पनि बाहिर निस्कन सक्दैनन तर भारतमा यस्तो एउटा गाउँ पनि छ जहाँ कसैले जुत्ता चप्पल लगाएमा पाप सम्झन्छन् । गाउँका मानिसहरु वर्षो देखि चप्पल लगाएका छैनन् र नियमको पालना गर्दै आएका छन् । यदि कसैले गल्तीले पनि नियम तोड्ने कोशिश गरेमा उसलाई कठोर सजाय दिइन्छ ।

कलिमायन नामको गाउँका मानिसहरुले आजसम्म खुट्टामा चप्पल लगाएका छैनन् । वास्तवमा त्यहाँका मानिसहरुले अपाच्छी नामको देवतालाई सर्यौ वर्षदेखि पुज्दै आएका छन् । गाउँका मानिसहरुले देवता अपाच्छीले सर्यौ वर्षदेखि उनीहरुको रक्षा गर्दै आएकोले उनको आर्शिवादले सबैजना कुशल मंगल भएको विश्वास गर्छन् ।

देवता अपाच्छी प्रति आस्था देखाउनलाई त्यहाँका मानिसहरुले आदरभावको साथ जुत्ता चप्प्ल त्याग गरी जीवन बाचिरहेका छन् । त्यहाँका मानिसहरुको अनुसार चप्पल लगाएमा भगवान रिसाउने र भयंकर प्राकृतिक प्रकोप आउन सक्छ । प्रकोपबाट बच्नलाई त्यस्तो नियम पालना गर्दै आएका छन् । त्यहाँ बस्नेले मात्र नभएर पाहुना हुन जानेले पनि नियम पालना गर्नुपर्छ । गाउँको सिमाभित्र यस्तो नियम लागु हुन्छ भने सिमा पार हुँदा बित्तिकै नियम तोडिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्