Logo

मानसिक बिरामीको पेटबाट निक्लियो डेढ किलोको धातु



गुजरातको अहमवादमा डाक्टरले एक महिलाको अपरेशन गरेर पेटबाट करीब डेढ किलोको धातुको सामान बाहिर निकालेका छन् । महिलाको पेटबाट निस्किएको धातुहरुको सामानमा मंगलशुत्र, चुरा, ब्रेसलेट, किला, चेन, पिन जस्ता वस्तु थिए । मानसिक स्वास्थ्य ठिक नभएको महिलाको अहमदाको सार्वजनिक अस्पतालमा अपरेशन भएको थियो ।

मानसिक रोगी महिलाको नाम संगीता हो उनको उमेर ४५ वर्ष वरिपरि रहेको छ । उनलाई ‘एकुफेजिया’ नामको रोग लागेको डाक्टरले बताएका छन् । यो रोग अत्यत्न्तै दुर्लभ रोग हो, जसबाट पिडित व्यक्तिले धातु जस्ता चीजहरु खाने गर्छन् ।

संगीता प्रायजसो सडकमा घुमिरहन्थिन् । उनलाई देख्ने जो कसैले पनि उनको मानसिक हालत ठिक नभएको बुझ्न सक्थे । संगीतालाई मनोचिकित्सालयमा पुर्याइएको थियो । त्यहाँ उनले आफ्नोे पेट दुखेको बताएकी थिइन् । उनको पेट ढुंगा जस्तो साह्रो थियो ।

एक्सरे गर्दा छातीमा केहि पिन गडेका देखिएका थिए । एक्सरेको रिर्पोटबाट केही चीज पेटमा भएको डाक्टरहरुले पत्ता लागेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्