Logo

आँखाबाट रगत बग्ने मानिस



इटालीका एक व्यक्तिको आँखाबाट आँसु होइन रगत बग्ने गर्छ । ५२ वर्षका यी व्यक्तिलाई देखेर डाक्टर पनि आश्चर्यमा परेका छन् । उनी आँखाबाट रगत निस्केको भन्दै अस्पताल पुगेका थिए ।

डाक्टरहरुले आकस्मिक कक्षमा राखेर उपचार गराउँदा उनको आँखाबाट आँसु नभई रगत निस्केको थियो । यी मानिसको अनुहारको कुनै पनि अंगमा चोट कहिल्यै लागेको थिएन तै पनि आँखाबाट रगत निस्किएको थियो ।

डाक्टरले यो रोगलाई हीमोलैक्रिया नाम दिएका छन् । यो एक अजिबको रोग हो । यस्ले रतगलाई आँसुसँग मिक्स गरेर आँखाबाट बाहिर निकाल्छ । अहिलेसम्म यो रोग लागेका व्यक्तिहरु कति छन् विश्वमा भन्ने कसैले आकडा राखेका छैनन् । हिमोलैक्रिया हुनेको कारण आँखामा इन्फेक्सन, अनुहारमा चोट वा सुन्निनु र आँखा भित्र ट्युमर हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot