Logo

शिव लिंगलाई टुक्रा पार्दा इन्जिनियरको तत्काल मृत्युपछि रेल्वेको रुट बदल्नुपर्यो



विश्वमा यस्ता धेरै घटना छन् जुन आश्चय लाग्न सक्छन् । झारखण्डमा धेरै समय अगाडी अंग्रेजको शासन थियो । उक्त समयमा रेलवे को पाइपलाइन बिछ्याउने काम भइरहेको थियो । काम सम्पन्न गर्नलाई ममजदुरहरुले जमीन खनिरहेका थिए । खन्ने क्रममा मजदुरले एउटा शिवलिंग भेट्टाए ।

मजदुरहरुले शिवलिंग भेट्टाएपनि आश्चर्य मान्दै खन्ने काम रोके । रेलवे खन्ने कामका इन्जिनियर ब्रिटिश रोर्बट हेनरी थिए । रोर्बट हेनरीले मजदुरलाई अगाडी बढ्न भने । मजदुरले शिवलिंगको बारेमा सबै बताए पनि हातमा लिएर टुक्रा टुक्रा बनाइदिए ।

स्थानियहरुले इन्जिनियरलाई सम्झाउने र शिवलिंग नटुक्राउन आग्रह गरेपनि उनले स्थानियको कुरा सुनेनन् र आखिर शिवलिंग टुक्रा पारेरै छाडे । आश्चर्यको कुरा इन्जिनियरको केही समयमा नै निधन भयो भने चल्दै गरेको मेशिन पनि केही समयमा बन्द भएको थियो ।

विज्ञानलाई यस घटनाले थप चुनौती दिएको छ । सरकारले रेल्वेको रुट बदल्न पर्यो । अहिले त्यस स्थानमा मन्दिर बनाइएको छ र आज पनि पुजा आराधना हुन्छ । हाल यस मन्दिरको नाम महादेवशाल धाम हो, जुन झारखण्डको गोइककेरामा अवस्थित छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot