Logo

निसन्तान दम्पत्तिलाई ‘डाक्टर’ले आँखै अगाडि यौन सम्पर्क गर्न लगाए



सन्तान नभएका दम्पत्ति आफ्नो सन्तान प्राप्तीका लागि चिन्तित भई अनेक उपायमा लाग्छन् । त्यस्तै एउटा घटना बाहिर आएको छ । एक निसन्तान दम्पत्ति उपचारको लागि कथित डाक्टरकोमा गए । निसन्तान दम्पतीको उपचार गर्ने डाक्टरले आफ्नै अगाडि यौन सम्बन्ध राख्न लगाए । डाक्टरले कसको गल्ती कहाँनिर छ भनेर हेर्न चाहेको बताएपछि दम्पत्ति पनि तयार भए र उनले भने जस्तै गरे ।

तर उनीहरुको उपचार गर्ने डाक्टर सक्कली भने होइनन् भन्ने पछि थाहा पाए । हाल डाक्टरलाई अदालतले १० वर्ष जेल र १० हजार रुपैयाँ सजाय तोकेको छ । योगेश कुपेकर नामका एक व्यक्तिको सम्र्पकमा निसन्तान दम्पत्ति पुगेका थिए । उनीहरुलाई योगेश आफैले निसन्तानको डाक्टर भएको जानकारी दिएका थिए । नक्कली डाक्टरलाई दम्पतीले सन्तानको लागि जे गर्न पनि तयार रहेको बुझिसकेकाले उनीहरुलाई झुक्याए ।

उनले दम्पतीलाई आफू नजिक बोलाएर भने कि मेरो आँखा अगाडि शारीरीक सम्बन्ध राख्नु । उनले आफ्नो अगाडि सम्बन्ध राख्दा गर्भवती हुने बताएका थिए । उनले यतिमात्र गर्न लगाएनन् दम्पत्तिसँग पैसा पनि लिए ।

कथित डाक्टरले भने जस्तै गर्दा पनि गर्भवती नभएपछि उनीहरुलाई तनाव हुन थाल्यो । महिलाको स्वास्थ्य बिग्रदै जाँदा अस्पतालमा भर्ना गर्नुपर्यो । उसको उपचारले केही काम नगरेपछि ठगी गरेको शंका लागेर प्रहरीमा उजुरी दिए । प्रहरीले आरोपीलार्ई समातेर १० वर्षको जेल र १० हजार रुपैयाँ सजाय सुनाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot