Logo

कोरोनाबाट प्रभावित पुराना ऋणीले २० प्रतिशतसम्म चालु पूँजी कर्जा पाउने, नयाँले १० प्रतिशत



कोभिड–१९ बाट प्रभावित ऋणीहरुले २० प्रतिशतसम्म चालु पूँजी कर्जा पाउने भएका छन्। केन्द्रिय बैंकले एकिकृत निर्देशका २०७७ जारी गर्दै कोभिड–१९बाट प्रभावित एकपटक चालु पूँजी कर्जा लिइसकेका पुराना ऋणीलाई २० प्रतिशत र नयाँलाई १० प्रतिशत चालु पूँजी कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको हो।

केन्द्रिय बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ “कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्ने प्रयोजनको लागि ऋणीको आवश्यकता र उद्योग/ व्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम कर्जाको सीमामा एक पटकको लागि चालु पूँजी कर्जा उपयोग गरेका ऋणीको हकमा चालु पूँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र चालु पूँजी कर्जा उपयोग नगरेका ऋणीको हकमा आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिनेछ।”

तर, कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको विजनेस प्रपोजल आदिको विश्लेषण गरी तोकिएको प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने अवस्था भएमा सो कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा नपुर्याउने केन्द्रिय बैंकले जनाएको छ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्