Logo

विवाहको ८ महिनामा पतिलाई एचआईभी भएको थाहा भएपछि…



फत्तेहपुरकी महिलाको ८ महिना अगाडी मात्र विवाह भएको थियो । तर कसैलाई पनि केटा पक्षले घात गर्दैछन् वा गरेको थाहा थिएन् । ती महिलाको आउने जिन्दगी बर्बाद होला भनेर कसैले सोचेका थिएनन् । पटियालाको पूरुषसँग महिलाले विवाह गरेकी हुन् । दुलाहा एक ठुलो धोकेवाज मानिस हो ।

वास्तवमा महिलाको पति एचआईवी पोजेटिभ थिए, र आफ्नो सच्चाई केटी पक्षलाई लुकाएका थिए । एचआईवी पोजेटिभ भएको कुरा परिवारका सबै सदस्यलाई थाहा भएपनि झुक्काएर विवाह गरेका थिए । आश्चर्यको कुरा त विवाह गरेको ८ महिना पछि सच्चाईको पर्दा खुलेको हो । तर त्यो थाहा पाउनु भन्दा पहिला महिलाले मानसिक र शारीरीक यातना झेन्लु पर्यो ।

मिडियाको रिर्पोट्सका अनुसार महिलालाई विवाह भएको दिनदेखि दाइजोलाई लिएर रातदिन दुःख दिन्थे । महिलाले आफुलाई धोका दिएको र दाइजो उत्पीडनको विषयमा प्रहरी कार्यालयमा उजुरी गरेपछि प्रहरीले आरोपितमाथि कारवाहस् सुरु गरेको छ । हालसम् मभने आरोपितलाई गिरफ्तार गर्न सकेको छैन । महिलाले पोजेटिभ भएको केटाका बाबुलाई थाहा भएर पनि लुकाएकोमा आपत्ति जनाएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot