Logo

हत्या गरिएको ४० वर्षपछि रुख बने मानिस



साइप्रसमा १९८१ मा दुई हजार मानिसहरुको खोजि गर्न एक कमिटी गठन गरिएको थियो जो सन् १९६३ देखि १९७४ वर्षको बीचमा हराएका थिए । कमिटीले हराएका मानिसहरुको सुची तयार गर्नुको साथै कसरी मानिसहरु हराएका थिए वा उनीहरुलाई के भयो भन्ने बारे पत्ता लगाउनु पर्थ्यो ।

एक शोधकर्ताको समुहले हराएकालाई खोज्ने क्रममा एउटा गुफा भित्र निस्कीएको रुखको बारेमा अनुसन्धान गर्न थाल्यो । गुफा भित्र रुख उम्रनु र हुर्कनु आफैमा आश्चर्यको विषय थियो । पहाडी भागमा त हुर्कन गाह्रो हुने अन्जीरको रुख गुफामा हुनु अस्वाभाविक थियो ।

एक मिडियाको अनुसार १९७४ मा अहमेट हग्र्युनर नामका एक व्यक्तिलाई ग्रीक र टर्कीको बिचमा हत्या गरेका थिए । धेरै वर्षसम्म उनको लास भेटिएन, तर जहाँ उनको हत्या भएको थियो, त्यहाँ एक रुख उम्रिएको छ । अनुसन्धान पछि उनको मृत्युबारे रहस्य बाहिर आयो ।

वास्तवमा हग्र्युनर र एक व्यक्ति संर्घषको क्रममा गुफाभित्र डाइनामाइटबाट उडेर गएका थिए । उड्ने क्रममा गुफा भित्र प्वाल नै परेको थियो । प्वालबाट सुर्यको प्रकाश अध्यारो गुफामा पुगेकोले हग्र्युनरको पेटबाट अन्जिरको बिउ फल्ने र फुल्ने मौका पायो । हाल अन्जिरको रुख ठुलो भएको छ । अनुसन्धानको क्रममा रुखको जरा खन्दै जाँदा तल लाश दबिएको भेटिएको छ । प्रहरीले हग्र्युनरले मुर्न भन्दा अगाडी अन्जिर खाएको आशंका गरेको छ ।

उनकी बहिनी मुनुर हग्युर्नरको अनुसार गाउँमा करीब ४ हजार मानिस बस्थे । जनसख्याको आधी आवबदी ग्रीक र आधी तुर्कीका थिए । १९७४ मा तनाब सुरु भएको थियो र उनका भाई टर्किश रेसिस्टेन्ट अर्गानाइजेशनमा सहभागी थिए । एक दिन ग्रीकका मानिसहरुले उठाएर लगेका थिए । अज्ञात व्यक्तिहरुले भाइलाई लगेपछि धेरै खोजी गरेपनि कतै भेटेनन् । यति धेरै वर्षपछि मात्र आफ्नो भाईको मृत्यु भएको पत्ता लागेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्