Logo

खुलासाः ट्रम्पलाई कोरोना संकट पहिल्‍यै थाहा थियो, तर हल्का रुपमा लिए



वासिङटन, २५ भाद्र ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ महामारीबारे पहिले नै जानकारी पाएको खुलासा भएको छ । तर उनी संकट सामना गर्न चाहन्थे । अमेरिकी पत्रकार बब उडवर्डले हालै प्रकाशित पुस्तक ‘रेज’मा यस्तो दावी गरेका छन् । ‘वाटर गेट’ काण्ड ब्रेक गर्ने पत्रकार उडवर्डले डिसेम्बरदेखि जुलाइसम्म १८ पटक ट्रम्पको अन्तर्वार्ता लिइसकेका छन् ।

ट्रम्पले उडवर्डसँग यो भाइरस घातक चिज वस्तु भएको बताएका थिए । उडवर्डका अनुसार ट्रम्पले यस्तो भन्दा अमेरिकामा कोरोनाबाट एकजनाको पनि मृत्यु भएको थिएन । तर उनले यसलाई समाधान गर्न नचाहेको बताएका छन् ।

ट्रम्पले भने उडवर्डको उक्त पुस्तकलाई ‘फेक’ भन्दै ट्वीटर मार्फत टिप्पणी गरेका छन् । उडवर्डले ट्रम्पलाई घातक भाइरस र यसको गम्भीरता बारे पनि जानकारी पहिल्यै भएको बताएका हुन् ।

ट्रम्पसँग उडवर्डको फोन टेप रेकर्ड अनुसार उनले गत फेब्रुअरीमा उडवर्डलाई कोरोनाभाइरस अरु ‘फ्लू’ भन्दा प्राणघातक भनेका थिए । ‘तपाईँलाई थाहा छ रु यो प्राणघातक चिज हो,’ ट्रम्पले भनेका थिए । बुधबार उडवर्ड र ट्रम्पको अन्तर्वार्ताको केही अंश अमेरिकाका केही मिडियाले सम्प्रेषण गरेका छन् ।

अमेरिकामा मार्च १९ मा कोरोनाभाइरस संक्रमण फैलिन थालेको हो । र ह्वाइटहाउसले देशव्यापी संकटकाल घोषणा गरेको थियो । ‘म यसलाई सधैँ सामान्य रुपमा लिन चाहन्थेँ, म अझै यसलाई हल्का रुपमा लिँदैछु, किनकि, म त्रास सिर्जना गर्न चाहन्नँ,’ ट्रम्पले भनेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot