Logo

६० लाख रुपैयाँ लगानीमा भैंसीपालन शुरू



सिन्धुपाल्चोक, भदौ २५ । कोरोना महामारीका कारण जारी निषेधाज्ञामा पनि चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेका युवा कुमार सापकोटालाई फुर्सद छैन । बिहानै उठेर भैंसीको स्याहारसुसार गर्ने, दूध दुहुने, बजारमा विक्री गर्ने काममा व्यस्त हुन्छन् उनी ।

उनीजस्तै सोही ठाउँका माधवराज गिरी र टोपनाथ सापकोटाको पनि भैंसीकै स्याहार सुसारमा दिन बित्ने गर्छ ।

उनीहरूले सिन्धु कुविण्डे कृषि फार्म निर्माण गरी ६० लाख बराबरको लगानी गरेर भैंसीपालन व्यवसाय शुरू गरेका छन् । ११ ओटा भैंसीबाट शुरू गरिएको फार्ममा अहिले १८ ओटा भैंसी छन् । भैंसीबाट दैनिक १३० लिटर दूध उत्पादन हुने गरेको माधवराज गिरीले बताए ।

‘दूध बेचेर मात्रै मासिक रू। ४ लाख भन्दा बढी आम्दानी हुने गरेको छ’, गिरीले भने । भारतको हरियाणाबाट खरीद गरेको भैंसीले स्थानीय जातकाले भन्दा बढी दूध दिने गरेको छ । करीब रू। १ लाख ५० हजार हाराहारीमा खरीद गरिएको एउटा भैंसीले दैनिक सरदर ८ लिटरसम्म दूध दिने गिरीको भनाइ छ ।

फार्ममा उत्पादन भएको दूध जिल्ला सदरमुकाम चौतारामा लगेर विक्री गर्ने गरिएको छ । ‘शुरूमा हामीले यहीँको डेरीमा दूध बेच्थ्यौं’, किसान टोपनाथ सापकोटाले भने, ‘त्यहाँ बजारमूल्य अनुसारको रकम नआउने भएपछि हामी आफैंले गाडी भाडामा लिएर बजार व्यवस्थापन ग¥यौं ।’ बजारमा आप्mनो फार्ममा उत्पादित दूधको माग बढिरहेको उनको बताए ।

‘पहिले आफ्नो घरमा दूध खानका लागि मात्र भनेर भैंसी पालिन्थ्यो । बाँकी दूध कहाँ बेच्ने भनेर चिन्ता हुन्थ्यो’, उनले भने, ‘तर अहिले व्यावसायिक रूपमा भैंसीपालन शुरू गरेपछि बजारमा दूधको माग धान्नै मुश्किल छ ।’ प्रतिलिटर रू। १०० मा दूध विक्री भइरहेको उनले बताए । १०० रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको फार्ममा भैंसीका लागि आवश्यक घाँसका बिरुवाहरू समेत रोपिएका छन् ।

उनीहरूको फार्मले ६ जनालाई रोजगारी दिएको छ । अहिले नियमित ४ जना र आंशिक २ जना कर्मचारी छन् । कर्मचारीलाई तलबभत्ता, भैंसीका लागि दाना, घाँस, उपचार, जग्गाको भाडा सबै खर्च कटाउँदा पनि मासिक रू। ३ लाखभन्दा बढी फाइदा हुने गरेको कुमार सापकोटा बताउँछन् । फार्ममा तरकारीखेती पनि गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot