Logo

रातमा होस्टलभित्र युवतीको ओछ्यानमा कोब्रा



सधै जस्तै त्यो रात पनि सबै युवतीहरु आफ्नो–आफ्नो बिछ्यौनामा सुत्ने तयारीमा थिए । होस्टेलको एक कोठामा एक युवतीे ओछ्यानमा पल्टिरहेकी थिइन् । अर्की युवती सुतिरहेकी थिइन् । तब त्यत्तिबेला युवतीको नजर ओछ्यानमा पर्यो । र उनको होस नै उड्यो ।

वास्तवमा युवतीको ओछ्यानमा एक खतरानाक कोबरा टाँस्सिएको थियो । युवती डराएर केही बोल्न नै सकिनन् । एकैछिनमा होस्टेलमा कोलाहल मच्चियो । कोबरा समात्न सर्पको कार्यालयमा तुरुन्त सम्र्पक गरे । यो घटना उडिसाको मयुरभन्ज जिल्लामा एक गल्स होस्टेलमा भएको हो

होस्टेलमा आएको कोबरालाई सफलतापुर्वक समात्न सफल भए । कोबरालाई माछाको जालले समात्न सफल भए । यो वयस्क कोबरा थियो र यसले मानिसलाई हमला गर्न सक्दैनथ्यो तर आफ्नो आत्मरक्षाको लागि भने जे पनि गर्न सक्थ्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्