Logo

शनिबार १२०१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५३ हजार नाघ्यो



काठमाडौं, २७ भाद्र । नेपालमा कोरोना भाइरसका आज १२ सय १ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५३ हजार  १ सय २० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३७ हजार ५ सय २४ जना संक्रमणमुक्त भएका छन् । आज ८५२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्