Logo

कोरोना संक्रमणबाट आज मृत्यु भएका १४ जना को को (विवरणसहित)



काठमाडौं, २७ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका पाँच सहित देशभर १४ जनाको मृत्यु पुष्टि गरेको हो ।

मृत्यु हुनेहरुमा ३ महिला र ११ पुरुष छन् । यो सहित देशभर आजसम्म कुल ३ सय ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ । जसमध्ये दुई सय ४४ पुरुष र ९२ महिला छन् ।

मृतकको विवरण

१. सुनसरीका ४३ वर्षीय पुरुष
२. काठमाडौंकी ७६ वर्षीया महिला
३. काठमाडौंका ५४ वर्षीय पुरुष
४. काठमाडौंका ५१ वर्षीय पुरुष
५. भक्तपुरका ७२ वर्षीय पुरुष
६. भक्तपुरका ३८ वर्षीय पुरुष
७. चितवनका ६१ वर्षीय पुरुष
८. तनहुँकी ७६ वर्षीया महिला
९. स्याङ्जाका ८५ वर्षीय पुरुष
१०. गोरखाका ४५ वर्षीय पुरुष
११. कास्कीका ५१ वर्षीय पुरुष
१२. रुपन्देहीका ६० वर्षीय पुरुष
१३. रुपन्देहीका ४० वर्षीय पुरुष
१४. पर्साकी ७८ वर्षीया महिला



प्रतिक्रिया दिनुहोस्