Logo

वीरगंजमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु



वीरगंज, २९ भाद्र । नारायणी अस्थायी गण्डक कोभिड अस्पतालमा एकजना कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु भएको छ । वीरगंज महानगर–१० निवासी ५५ वर्षीय महिलाको आइतवार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जनाए ।

भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सो महिला गण्डक अस्पतालमा भर्ना भएकी थिइन् । सङ्क्रमित महिलाको फोक्सो र श्वास फेर्न समस्या भएपछि आइसियुमा उपचारको क्रममा मृत्यु भएको डा चौरसियाले जनाए । हालसम्म पर्सामा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । थप १८ जना सङ्क्रमित थपिए पर्सा र बाराको थप १८ जनामा कोरोना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतवार साँझ गरिएको परिक्षणमा पर्साका ८ र बाराका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताए । २९० जनाको स्वाबको नमूना परीक्षण गर्दा ५ महिलासहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा चौरसियाले बताए । उनीहरुको उमेर १७ वर्षदेखि ७४ वर्ष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot