कुकुर जति वफादार हुन्छन त्यति नै समझदार पनि । कुकुरमा अनौठो किसिमको शक्ति पनि हुन्छ । घटना इंग्ल्यान्डको डोनकैस्टरको हो, जहाँ एक गर्भवती महिलाको पेट देखेर अचानक उनैले पालेको कुकुर भुक्न लाग्यो । यसपछि जे भयो त्यो महिलाले कहिल्यै भुल्न सक्दिनन् ।
वास्तवमा इंग्ल्यान्डकी २१ वर्षकी अलहाना गर्भवती थिइन् । एक दिन अचानक पाल्तु कुकुर अलहानाको नजिक आयो । यो भन्दा अगाडी कलिल्यै कुकुर त्यसरी नजिक आएको थिएन् । कुुकुर अलहानाको पेट नजिक आएर रुन र भुक्न थाल्यो ।
यसको केही समयमा नै उनलाई शरीर दुख्न थाल्यो । उनी तुरुन्तै डाक्टरको सम्र्पकमा गइन् । डाक्टरले जाँच गरेपछि उनलाई गम्भीर इन्फेक्सन भएको पत्ता लगायो । उनी अस्पताल भर्ना भएर उपचार सुरु भयो । डाक्टरहरुले अलहानाको शरीरमा संक्रमण भैसेकेको हुनाले समयमा नै अस्पताल नआएको भए उनको मृत्यु हुनसक्ने बताए ।
अलहानाले आफु बेडमा बसेको समयमा अचानक कुकुर नजिक आएको र आफुलाई घुरेर हेरेको बताएकी छिन् । कुकुर पेट हेर्दै कुकुर रोएको थियो । तर उनले किन रोएको होला के पुगेन यस्लाई भन्दै सोच्दै गर्दा शरीरमा अचानक दुखाई सुरु भएको थियो । कुुकुरले त्यस्तो व्यवहार गर्नु र आफुलाई दुख्न सुरु हुनु एकैपटक भएकोले आफ्नो ज्यान जोगिएकोमा कुकुरलाई धन्यवाद दिएकी छिन् । अलहानालाई सुरुमा आइसियुमा राखेर उपचार गरेपछि अहिले भने जनरल वार्डमा राखेर उपचार भइरहेको छ । हाल बच्चा र उनी दुवैजना स्वस्थ्य छन् । एजेन्सी