Logo

महिलाले मरेको १० दिनमा बच्चाको जन्म दिएपछि…



यो दुनियाँमा घट्ने घटना यस्ता हुन्छन् जसलाई पत्याउनै गाह्रो हुन्छ । यस्तै घटना दक्षिण अफ्रिकामाको म्थ्यासी गाउँमा भएको छ । दक्षिण अफ्रिकाका गाउँका मानिसहरुले १० दिन पहिला मरेको महिलाको शव अन्त्येष्टिको लागि लैजादै थिए ।

महिलालाई बेरेको कपडा र केफिन झिक्दा सबैजना आश्चर्य चकित भए । महिलाको मुत शरीरबाट बच्चाको जन्म भएको थियो । एजेन्सीका अनुसार ३३ वर्षकी मृत महिलाको पेटमा ९ महिनाको गर्भ थियो । उनको नाम नामवेलिसो नामासोन्तो म्दोयी थियो । उनको रोगको कारण अचानक अल्पायुमै निधन भएको थियो ।

निधन भएको १० दिनमा अस्पतालले आफन्तलाई शव बुझाएको थियो । मृत महिलाको शरीरले मृत बच्चाको जन्म दिएकोले परिवार दोहोरो पिडामा थिए । महिलाको आमाले आफ्नो छोरीलाई सास फेर्नमा गाह्रो भएको बताएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्