Logo

“सरकारी ठहर गरेको जग्गामा भूमाफियाले डोजर लगाए” (भिडिओसहित)



काठमाडौं, ६ असोज ।  अनामनगरको विवादित जग्गामा व्यक्तिको डोजर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी ठहर गरेको जग्गामा भूमाफियाले डोजर लगाएका छन् । ६९७ कित्ताको एक रोपनी ६ आना सरकारी जग्गामध्ये ३ आना दुई दाम जग्गा मोहन मर्हजन हुँदै दशनारायण मर्हजनको नाममा कित्ता नम्बर ५५ कायम भएको अख्तिार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ ।

सोही जग्गामा अख्तियार निर्देशन र अदालतको फैसलालाई चुनौती दिँदै महर्जनले डोजर लगाएका हुन् । महर्जनलाई साथ दिन सरोकार नै नभएका नेकपा निकट भक्तपुरका युवा नेता दीपक थापा र अख्तियारले ४ आना सरकारी जग्गा आफ्नो बनाएको ठहर गरेका स्थानीय व्यापारी हरिप्रसाद गिरी फिल्डमा उत्रिएका थिए ।

गिरीसँगै सरकारी जग्गा आफ्नो नाममा ल्याउने सफल दशनारायण महर्जनले उक्त जग्गामा डोजर चलाएर जग्गा कब्जामा लिएका हुन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ का जनप्रतिनिधिहरूले अख्तियारले सरकारी ठहर गरेको जग्गामा घर बनाउँन नक्सा पास गर्न सहयोग गरेको पाइएको छ । स्थानीयहरुले अख्तियारको निर्देशन बेवास्त गरेर नक्सापास गरीदिने अधिकारीहरुमाथि अख्तियारले छानबिन गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् ।

नेपाल सरकारले सट्टा भर्नामा दिएको अनामनगरको एक रोपनी ६ आना जग्गामध्ये गिरीको नाममा ४ आना, शान्ता दाहालको नाममा १ आना र तीन आना २ दाम मोहन मर्हजनको नाममा उक्त सरकारी जग्गा दर्ता भएको छ । साबिकको कित्ता नम्बर ६९७ मा रहेको एक रोपनी ६ आना जग्गा व्यक्तिको नाममा दर्ता भएपछि हाल गिरीको नाममा आउँदा कित्ता नम्बर १८२, दाहालको नाममा कित्ता नम्बर २८१ र मोहन मर्हजन हुँदै दशनारायण मर्हजनको नाममा कित्ता नम्बर ५५ कायम भएको अख्तिारले मालपोत कार्यालय डिल्लीबजारलाई दिएको निर्देशनमा उल्लेख छ ।

साबिकको कित्ता नम्बर ६९७ को क्षेत्रफल १४ आना ३ दाम जग्गा भने हाल कित्ता नम्बर ९ कायम भइ नेपाल सरकार कै नाममा रहेको छ । उक्त जग्गामा वडा नम्बर ३२ (हाल २९) बाट बजेट निकासा गरेर बाल उद्यान पार्क निर्माण गरिएको छ थियो । स्थानीयले निर्माण गरेको बाल उद्यान पार्कसमेत भुमाफियाहरुले भत्काएर पर्खाल लगाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमको छानबिनमा काठमाडौं महानगरपालिकाम वडा नम्बर ३२ अनामनगरको कित्ता नम्बर ६९७ मा क्षेत्रफल एक रोपनी ६ आना जग्गा मन्त्रिपरिषद्को निर्णयबाट चन्द्रबहादुर थापाको नाममा पशुपति सदावर्त गुठीको जग्गा अधिकारसम्पन्न बाग्मती ढल आयोजनाले अधिग्रहण गरेपछि सट्टा भर्ना दिएको उल्लेख छ । स्थानीयको विरोधपछि मन्त्रिपरिषद्ले आफ्नो पूर्वनिर्णय उल्टाउँदै थापालाई कपनमा एक रोपनी ६ आना जग्गा उपलब्ध गराएको थियो । तर त्यो जग्गा भने व्यक्तिको कब्जामा पुगेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot