Logo

आदिवासी भएकै कारण तीन शिक्षिका कामबाट निष्काशित



गुरुलाई भगवान भन्दा पनि माथिल्लो दर्जा दिइन्छ । ज्ञान दिने गुरु आफ्नो विद्यार्थीलाई त्यो शिक्षा दिन्छन् जुन शिक्षा पाएर विद्यार्थीहरु सफलताको शिखर चुम्छन् । तर त्यही गुरुहरुको गजबको घटना बाहिर आएको छ । भारतको छत्तिस गढमा रहको एक स्कुलमा बच्चाहरु पढाउने ३ जना शिक्षिकालाई स्कुलले निकालिदिएको छ ।

सरस्वती शिशु मन्दिरबाट ३ जना शिक्षिका बिना कुनै जानकारी निकालिएको हो । शिक्षिकालाई एकैपटक बिना सुचना निकाल्नुको कारण आदिवासी भएकोले हो । तीनै जना शिक्षिका आदिवासी जनजातिका थिए । स्कुलले जातिय भेदभाव गर्दै निकालेको हो ।

शिक्षिकाहरुले स्कुललाई आफुहरुलाई बिना गल्ती, बिना सूचना निकाल्नुको कारण माग गरेका छन् । उनीहरुको आर्थिक अवस्था बिग्रिएको छ । उनीहरुले धेरै थरिका समस्या भोग्नु परेको छ । पिडित शिक्षिकाहरुले आफुहरु आदिवासी भएको र हेर्नमा सुन्दर नभएकोले स्कुलले निकालेको आरोप लगाएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot