Logo

जेसीबी मेशिनमा बसाएर दुलहीको बिदाई



कनार्टकको पुत्तुरमा एक अनौठो जन्ती हेर्नको लागि भीड लाग्यो । त्यो भीड भित्र नयाँ दुलाहाले दुलहीलाई घोडामा चढाएर नभई जेसीबी मेशिनमा बसाएर आफ्नो घरतिर लैजादै थिए । यस्तो अनौठौ बिदाई हेर्नेको लर्को लागेको थियो ।

भारतीय समाचार अनुसार कर्नाटकको गाउँमा चेतनले मशीन चलाउने काम गर्दछन् । चेतनको विवाह नजिकै गाउँको ममतासँग भएको थियो । चेतनसँग कुनै गाडी थिएन्, खरिद गर्ने स्थितिमा पनि थिएनन् । सोमबार जन्ती लैजानु पर्ने थियो । उनले आफैले जेसीबीमा दुलही लिन जाने र दुलही ल्याउने निर्णय गरेका थिए ।

सुरुमा सुन्दा त परिवारलाई आश्चर्य लागेको भएपनि पछि उनले सम्झाएपछि भने परिवार पनि जेसीबीमा जन्ती लिएर जान तयार भएका थिए । घरपरिवारमा कुरा मिलेपछि जेसीबीलाई पुरै सजाए । चेतन जेसीबीमा सवार भएर दुलहीको घरमा पुगे । तर चेतनको मनमा भने दुलही तथा अन्य मानिसले के भन्लान भन्ने डर थियो ।

वैवाहिक कार्यक्रम सकिएपछि दुलहीलाई माइती पक्षले बिदा गरेपछि सबैभन्दा पहिला चेतनले आफै जेसीबी चलाए र ममतालाई अगाडी राखे । त्यसपछि साथीले जेसीबी चलाएर चेतन पछाडी बसेर घर पुगे । दुलहीलाई जेसीबीमा विदाई गरेको फोटो सामाजिक सञ्जालमा पनि निकै भाइरल भयो । मानिसहरुले केटाको साथै केटीको पनि तारीफ गरिरहेका थिए । सानो सानो कारणले सम्बन्ध विच्छेद गर्ने अहिलेको परिपाटीमा यस्ता राम्रा र समझदार मानिसहरु पनि आज पनि रहेछन् भन्दै धेरैले प्रतिक्रिया दिएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot