Logo

बलात्कारको घट्ना बढेपछि गृहमन्त्री ‘बादल’ र आइजीपी थापा आलोचित



काठमाडौं, १४ असोज । देशमा बलात्कारको घटना फेरि बढ्न थालेको छ । बलात्कारको शिकार अधिकांश बालिका र सीमान्तकृत समुदायका महिला हुनथालेका छन् ।बझाङमा १२ वर्षीया बालिकाको ७ असोजमा बलात्कारपछि हत्या भएको घटना बाहिर आउँदा तराईका जिल्लामा पनि धमाधम त्यस्ता घटना बाहिर आउन थालेका छन् ।

सप्तरमिा परिवार र पञ्चालयतले बलात्कारको घटना मिलाउन खोजेको र उजुरी दिन रोकेपछि बालिकाले आत्महत्या गरेको तथ्य बाहिर आएको थियो । यसरी बलात्कारको घटना धमाधम बढ्न थालेपछि गृह प्रशासन र मातहतको नेपाल प्रहरीमाथि दबाब बढेको छ । गृहमन्त्री बादल र आइजीपी शैलेश थापाको आलोचना बढ्न थालेको छ ।

आज प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले आइजीपी गृहमन्त्री रामबहादुर थापा बादल र शैलेश थापा क्षेत्रीलाई बोलाएर बलात्कारका घटना हुन नदिन र विगतमा भएका घटनाको अनुसन्धानबाट चासो व्यक्त गरेको छ ।

गृहमन्त्री बादलले पछिल्लो समय भएका बलात्कारका घटनामा संलग्न दोषीलाई कठघरामा ल्याउने गरी कडा कदम चालेको बताए । बझाङ, सिराहा र सप्तरीमा भएका घटनाका दोषीलाई उन्मुक्ति नदिइने स्पष्ट पारे ।

आइजीपी थापासँग निर्मला पन्त बलात्कारको घटनाको अनुसन्धानबारे समेत सोधिएको थियो । थापाले अनुसन्धान अझै जारी रहेको जवाफ दिएका थिए । उनले जतिसक्दो छिटो तरिकाले अनुसन्धान निष्कर्षमा पुग्ने गरी काम भइरहेको जानकारी दिए । अनुसन्धानमा प्रहरी अधिकृतको कमाण्डमा टोली खटाइएको समेत बताए ।

१० साउन २०७५ मा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । घटनाका शंकास्पदहरुलाई पक्राऊ गरी सोधपुछ गरेपनि दोषी पत्ता लाग्न सकेको छैन । यो घटनाका कारण प्रहरीमाथि अझै दबाब रहेको छ ।-फाइल तस्वीरः मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot