Logo

द्रुतमार्गमा सुरुङमार्ग र पुल बनाउन ४३ कम्पनीको आवेदन



काठमाडौं, असोज १५ । काठमाडौं तराई द्रुततमार्ग (फास्ट ट्र्याक) आयोजनामा जटिल मानिएका सुरुङमार्ग र पुललगायत संरचना बनाउन ४३ ओटा कम्पनीले बोलपत्र हालेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गका ११ क्लस्टरमध्ये टनेल प्याकेज १ र २ का लागि आ≈वान गरिएको पूर्वयोग्यता (पीक्यू)मा परेको बोलपत्र बुधवार खोल्दै सेनाले ती कम्पनीले बोलपत्र हालेको जानकारी दिएको हो ।

टनेल प्याकेज १ छोक्रेडाँडादेखि धेद्रेखोलासम्मका लागि २१ ओटा र प्याकेज २ को धेद्रेखोलादेखि लेनडाँडासम्मका लागि २२ ओटा कम्पनीले बोलपत्र हालेका छन् । सुरुङमार्ग र पुल निर्माणका लागि ती कम्पनीले योजना, डिजाइन, इन्जिनीयरिङ, खरीद तथा निर्माणलगायतको अनुभव पूर्वयोग्यताको बोलत्रपमा समावेश गरेका छन् । यी दुई प्याकेजमा १६ ओटा कम्पनीले बीड हालेको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

उनले करीब २ हप्ताभित्रमा मूल्यांकन समितिले बोलपत्रहरूको मूल्यांकन सम्पन्न गर्ने र योग्य कम्पनीहरूलाई सर्टलिस्टमा राखिने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot