Logo

फिल्महल खुलेपछि पनि तिहारमा अक्षय कुमारको फिल्म सुर्यवंशी रिलिज नहुने



एजेन्सी, १६ असोज । अब भारतको केन्द्रीय सरकारले सिनेमाघर खोल्ने अनुमति दिएको छ । तर केही नियम भने पालना गर्नुपर्छ । अक्षय कुमारको फिल्म सुर्यवंशी यस तिहारमा रिलिज हुनसक्छ जसलाई निर्माताले घोषणा गरेका थिए । तर ताजा समाचार अनुसार सुर्यवंशी तिहारमा नआउने भएको छ ।

अक्षय कुमार र रोहित शेट्टीको फिल्म सुर्यवंशी यो वर्ष बहुप्रतिक्षित फिल्ममा परेको थियो र २४ मार्चमा रिलिज हुनेवाला थियोे । कोरोना भाइरसको कारण सिनेमाघर बन्द भए । त्यसकारण सुर्यवंशीको रिलिज स्थगित भएको थियो ।

अक्टोबर १५ मा सिनेमाघर खोलिने भएपनि यति छोटो समयमा सुर्यवंशी फिल्मको टिमले रिलिज गर्न नसक्ने भएकोले तिहारमा रिलिज गर्न सम्भव नभएको एन्टरटेइमेन्ट ग्रुपका सीइओ शिवाशीषले बताएका छन् । उनले १५ अक्टोवरमा सबै सिनेमाघर नखोलने पनि जानकारी दिएका छन् । अहिलेसम्म नयाँ रिलिज डेट कसैले तय गरेका छैनन् । सरकारको अनुसार अब सुर्यवंशीलाई डिसेम्बरको समय उपयुक्त हुनेछ ।

सुर्यवंशी रोहित शेट्टीको काप युनिभर्सको तेस्रो फिल्म हो । यो भन्दा पहिला सिंघम र सिम्बा बनाएका थिए । रोहितले पहिलो पटक अक्षय कुमार सुर्यवंशी मार्फत निर्देशन गरेका छन् । यसमा अजय देबगन र रणबीर कपुर पनि देखिनेछन् । यो फिल्म करण जोहरको कम्पनी धर्म पोडक्सनले निर्माण गरेको हो ।



प्रतिक्रिया दिनुहोस्