Logo

५ महिनासम्म छोरोले आमाको लास घरमा राखेपछि…



पैसा यस्तो आवश्यक चीज हो, जसको लागि कतिपय मानिस जे गर्न पनि तयार हुन्छन् । आज हामीले चर्चा गर्न खोजेको कुरा गम्भीर छ, विषय एक आमा र छोरासँग जोडिएको छ । उत्तर प्रदेशको वारायाणीमा भएको यो घटना हो ।

वारायणीको भेलपुरमा एक घरमा महिलाको लास करिब ५ महिना थन्किएको छ । महिलालाई हरेक महिना १८ हजार रुपैयाँ पेन्सन आउने गथ्र्यो । प्रहरीको अनुसार ५ महिनासम्म कसरी राखेका थिए भन्ने रिपोर्ट भने हालसम्म आएको छैन् ।

अज्ञात व्यक्तिले १०० मा डायल गरेर प्रहरीलाई खबर गरेका थिए । जानकारीको अनुसार अमरावती देवी छोराहरु रवि प्रकाश, देव प्रकाश र योगेश्वरको साथमा बस्ने गर्थिन् । उनको पति दयाशंकर कस्टम डिपार्टमेन्टमा सुपरिटेन्डेनको पदमा कार्यरत थिए । उनीहरुको पाँच छोरा र एक छोरी थिइन् ।

छिमेकीले रवि प्रकाशको घरमा नराम्रो गन्ध आएपछि प्रहरीलाई सुचना दिएका थिए । प्रहरीले सुचना पाएलगत्तै घरभित्र खोजतलाश ग¥र्यो । खोजतलाश गर्दा लुकाएर राखेको कंकाल भेटियो । छिमेकीले भने रवि प्रकाशले आमाको निधन भएपछि पेन्सनको लोभले यति महिनासम्म आमाको शव लुकाएर राखेको दाबी गरेका छन् ।

रवि प्रकाशको अनुसार ३ जनवरीमा आमाको मृत्यु भएको थियो । आमाको मृत्युपछि अन्तिम सस्कारको तयारीको काम भइरहेको समयमा आमाको धड्कन एकाएक चल्न थाल्यो । यसपछि पण्डितले अन्तिम सस्कार गर्ने काम स्थगित गरे । पण्डितहरुले प्राण नै नगईकन अन्तिम सस्कार गर्नु पाप हुने बताएपछि आमाको सेवा गर्न शुरु गरेको बताएका छन् ।

रविले शवलाई वैधता दिन आमाको शरीरमा लेप लगाएका थिए । उनले आफ्नो आमालाई डाक्टरलाई देखाउँदा आमा कोमामा भएको जानकारी पाएपछि घरमा राखेको जानकारी दिएका छन् । उनले हरेक महिना ८ हजार रुपैयाँ खर्च आमाको लागि गरेको दाबी गरेका छन् । प्रहरीले अमरावतीको निधन १३ जनवरीमा भएको जनाएको छ । उनको पेन्सन १८ हजार रुपैयाँ वरिपरि थियो । उनको निधनबारे प्रहरीले अनुसन्धान गरिरहेकोे छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्